कार बम विस्फोट हुँदा कम्तीमा ३० को मृत्यु
नेपालबहस संवाददाता
बैशाख १८, २०७८ शनिबार २१:३२:५९
१८ बैशाख, काबुल । कार बम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । भीडभाड रहेको सडकमा शुक्रबार गराइएको विस्फोटमा परी अरु ७० जना घाइते पनि भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अफगानिस्तानको पूर्वी लोगार प्रान्तको राजधानी पुल ए अलाममा रहेको प्रान्तीय अस्पताल बाहिर सडकमा विस्फोटनको घटना भएको हो ।
स्थानीय समय अनुसार बेलुका ६।५० मा घटना भएको थियो । प्रारम्भीक विवरण अनुसार विस्फोटन भएको कारका चालकले गलत तरिकाले कार चलाएर विस्फोट भएको थियो । घटनामा परी मृत्यु हुनेहरुको सङ्ख्यामा बृद्धि हुन सक्ने स्थानीय अधिकारीहरुले सिन्ह्वासँग बताएका छन् । उनीहरुका अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या बृद्धि हुने अनुमान गरिएको हो ।
विस्फोटनका कारण प्रान्तीय अस्पतालको भवन र सँगै रहेको एम्बुलेसन्समा पनि क्षती पुगको अधिकारीहरुले जनाएका छन् । घटनाबाट प्रभावित भएका मध्ये धेरै जना स्वास्थ्यकर्मीहरु समेत रहेका छन् । त्यसैगरी विश्वविद्यालयको प्रवेश परिक्षामा सहभागी हुन लोगार जिल्लाबाट आएका विद्यार्थीहरु पनि घटनामा परेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
फिलिपिन्समा चरम गर्मीका कारण ६ को मृत्यु
बैशाख १२, २०८१ बुधबार
चीनका झण्डै आधा प्रमुख शहरहरूमा भासिने समस्या
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
'टिकटक'बारे अमेरिकाले ल्यायो नयाँ कानुन- शेयर बेच्नेकी प्रतिबन्ध झेल्ने !
बैशाख १३, २०८१ बिहिबार
चितवनमा बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार