घातक आँधीबेरीमा परी कम्तीमा ११ जनाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख १८, २०७८ शनिबार २१:५०:३४
१८ बैशाख, शाङ्घाई । शाङ्घाईको नजिकैको एउटा शहरमा शुक्रबार साँझ आएको घातक आँधीबेरीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएको चिनियाँ अधिकारीहरूले शनिबार बताएका छन् ।
शुक्रबार साँझ माछा मार्न गएका माछा मार्ने डुङ्गामा रहेका नौ जना आँधीपछि सम्पर्कमा आएका छैनन् तर सोही डुङ्गाका अन्य दुई जनालाई सकुशल उद्धार गरिएको छ ।
याङ्जे नदीको उत्तरी किनारमा रहेको ८० लाख जनसङ्ख्या रहेको नान्तोङ शहर र वरपरका क्षेत्रमा ठूला असिनासहित आएको आँधीबेरीमा परी उनीहरूको मृत्यु भएको चिनियाँ वेबसाइट ‘ट्यूटियाओ डटकम’ले जनाएको छ ।
आँधीपछि कतिपय मृतकहरू रूख र बिजुलीको खम्बाले थिचिएको अवस्थामा भेटिएका थिए भने अन्यलाई बतासले पानीमा फ्याँकिएको अवस्थामा पाइएको स्थानीय अधिकारीहरूले सामाजिक सञ्जाल ओइवोमार्फत् जानकारी गराएका छन् ।
आँधीका कारण कम्तीमा १०२ जना घाइते भएका छन्, धेरै घरहरू भत्किएका छन् भने करिब तीन हजार स्थानीयलाई सुरक्षितस्थलमा सारिएको छ । एएफपी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार