मंगलबार , जेठ ४, २०७८

रोजगार गुमेका श्रमिकको जीविकोपार्जन प्रबन्ध गर्न आग्रह

रोजगार गुमेका श्रमिकको जीविकोपार्जन प्रबन्ध गर्न आग्रह

१८ वैशाख,कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले रोजगारी गुमेका श्रमिकहरुको जीविकोपार्जनको प्रबन्ध गर्न सरकारसँग आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस ९मे १० का अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका कर्णालीवासी सम्पूर्ण श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेका हुन् । उनले कोरोना महामारीमा रोजगारी खोसिएका श्रमिकहरुको अधिकार रक्षा र सुनिश्चितताका लागि उचित प्रबन्ध गर्न सम्बन्ध सबैको ध्यान आकृष्ट गरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनले सन्देशमा भनेका छन्, “यस दिवसले श्रमिकको हक, अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्दै सबै श्रमजीविलाई एकताको सूत्रमा बाँध्ने विश्वास लिएको छु । विशेषगरी, कोरोना महमारीको यो जोखिमपूर्ण अवस्थामा आफ्नो जीवन जोखिममा राखेर मानव जीवन रक्षार्थ खटिनुहुने सबै क्षेत्रका श्रमिकहरुलाई धन्यवाद व्यक्त गर्दछु । श्रमिकहरुको मनोबल कमजोर नहुन सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछु ।”

नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीसम्म ल्याई पु¥याउन नेपाली श्रमिक वर्गले गरेको अमूल्य योगदानको उच्च मूल्याङ्कन गर्दै प्रदेशप्रमुख कलौनीले अन्तरराष्ट्रिय श्रमिक दिवस सबै क्षेत्रका श्रमिकहरुका लागि श्रमको उपयुक्त वातावरण, रोजगारीको सुनिश्चितता, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रमिक अधिकार सुनिश्चित गर्न सार्थक बनोस् भन्ने कामना गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कामपामा परीक्षण गरिएका ७० प्रतिशतमा कोरोना कामपामा परीक्षण गरिएका ७० प्रतिशतमा कोरोना २२ घण्टा पहिले
नेपालमा चक्रवातको प्रभाव, मेघगर्जनसहित पानी पर्ने पूर्वानुमान नेपालमा चक्रवातको प्रभाव, मेघगर्जनसहित पानी पर्ने पूर्वानुमान २१ घण्टा पहिले
राजधानीमै इन्टरनेटको पैसा तिरेको बिल पाउँदैनन् ग्राहक राजधानीमै इन्टरनेटको पैसा तिरेको बिल पाउँदैनन् ग्राहक १५ घण्टा पहिले
कृषिमा आकर्षित हुँदै युवा कृषिमा आकर्षित हुँदै युवा १९ घण्टा पहिले
कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसंग आग्रह कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसंग आग्रह १९ घण्टा पहिले
लाभांश पारित गर्न लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? लाभांश पारित गर्न लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? २० घण्टा पहिले
रुकुम पूर्वमा केन्द्रिय विद्युत् लाइनको विस्तार रुकुम पूर्वमा केन्द्रिय विद्युत् लाइनको विस्तार २३ घण्टा पहिले
कोरोनाले नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य लक्ष्मण बस्नेतको निधन कोरोनाले नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य लक्ष्मण बस्नेतको निधन १८ घण्टा पहिले