मंगलबार , जेठ ४, २०७८

सप्तरीमा भाेलीबाट सवारीसाधनमा जोर बिजोर लागू हुने

सप्तरीमा भाेलीबाट सवारीसाधनमा जोर बिजोर लागू हुने

१८ बैशाख, सप्तरी । सप्तरी जिल्लामा सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीमा शनिबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र ‘डीसीसीएमसी’को बैठकले आइतबारदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो।

कोरोनाको दोस्रो लहरसँगै संक्रमित बढ्न थालेपछि अत्यावश्यक सेवा तथा निर्माण कार्यमा प्रयोग हुनेबाहेकका सवारीसाधनमा जोरबिजोर गरेर सञ्चालनमा ल्याउने निर्णय गरिएको बताइएकाे छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बस, कार, जिप, माइक्रो, म्याजिक, अटो, मोटरसाइकललगायतका सवारीसाधनमा जोरबिजोर प्रणाली लागू हुने जनाइएको छ। बजारमा खुल्ला रुपमा ठेला तथा गाडीमा बिक्री हुने खाद्यान्य, लत्ताकपडा तथा तरकारी बिक्रीवितरणमा रोक लगाइने छ ।

त्यस्तै राजविराजबाट कुनौली तथा छिन्नमस्ता भगवती मन्दिर जाने अत्यावश्यकबाहेकका सवारीसाधन संचालनमा पनि रोक लगाइएको छ।बैठकबाट गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा आइतबारदेखि दैनिक रुपमा निःशुल्क स्वाब परीक्षण गर्ने व्यवस्था मिलाउन अस्पताललाई निर्देशन दिइएको छ।

saptari

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय