मंगलबार , जेठ ४, २०७८

जोखिम बढेपछि महेन्द्रचोक क्षेत्र शिल

जोखिम बढेपछि महेन्द्रचोक क्षेत्र शिल

१९ वैशाख, इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले शनिबार अटेर गरी सडकमा गुडाइएका २७० सवारी साधन नियन्त्रणमा लिई कारवाही गरेको छ । निषेधाज्ञाको समयमा लगाइएको जोर बिजोर प्रणाली नमानी गुडाइएका सवारी नियन्त्रणमा लिई कारवाही गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

पहिलो दिन धेरैजसोलाई सम्झाइबुझाई छाडिएको उनले जानकारी दिए। नियन्त्रणमा लिइएका सवारी साधनमा मोटरसाइकल २०७, तीन पाङग्रे ५८ र चार पाङग्रे पाँच वटा नियन्त्रणमा लिइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

इनरुवाको महेन्द्रचोक क्षेत्र शिल

सुनसरी प्रशासनले शनिबार इनरुवा–३ स्थित महेन्द्रचोक क्षेत्र शिल गरेको छ । तीन दिनको अवधिमा कोरोना संक्रमणबाट एकै परिवारका दुईको मृत्यु र सात जना सङ्क्रमित भएपछि तत्काललाई सो क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

अर्को सूचना जारी नभएसम्मका लागि महेन्द्रचोक क्षेत्र शिल गरिएको उनले जानकारी दिए । संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै शिल गरिएको प्रजिअ ढकालले बताए । चोक क्षेत्र शिल गराउन नगर प्रमुख राजन मेहता स्वयं सो स्थान पुगेका थिए । जोखिम बढेकाले शिल गर्ने निर्णयमा पुग्नुपरेको भन्दै विषम परिस्थितिमा घरमै बसी कोरोना नियन्त्रणमा सघाउ पुर्याउन नगरवासीलाई उनले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय