निषेधाज्ञामा कृत्रिम अभाव रोक्न बजार अनुगमन
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार १५:२९:१२
१९ वैशाख, कर्णाली । कोभिड–१९ संक्रमणका कारण सुर्खेतमा जारी निषेधाज्ञामा खुला गरिएका अत्यावश्यक खाद्यान्न, फलफूल, तरकारी तथा स्वास्थ्यसँग सम्बन्धित पसलहरुको स्थलगत अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा शनिबार यहाँका औषधि पसल, खाद्यान्न पसल, तरकारी पसल, सब्जी मण्डीलगायत अन्य पसलहरुको अनुगमन गरिएको हो । निषेधाज्ञाका बेलामा बजारमा कालोबजारी हुने तथा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई मर्कामा पार्ने काम हुने भएकाले स्थलगत अनुगमन गरिएको सहायक प्रजिअ महतले बताए । उनले भने, “औषधि पसलहरुमा मास्क र सेनिटाइजरको प्रयोग तथा बिक्री दरलगायतको बारेमा बुझिएको छ ।”
त्यस्तै वीरेन्द्रनगरका १३ वटा दैनिक उपभोग्य वस्तुका पसल तथा तरकारी मण्डीको अनुगमन गरिएको छ । अनुगमनका क्रममा विशेषगरी तेलको प्रतिपोका रु १३९ भएर आएको र पिठोको मूल्यसमेत वृद्धि भएको पाइएको सहायक प्रजिअ महतले बताउनुभयो । तेलको मूल्यको विषयमा बुझेर त्यसको मूल्य नियन्त्रण गरिने उनले बताए ।
दैनिक उपभोग्य वस्तुहरु आयात गर्ने कुनै पनि गाडी नरोकिएकाले कुनै व्यापारीले अस्वाभाविक मूल्य वृद्धि गराएको पाइएमा कारवाही गरिने चेतावनी दिँदै उहाँले व्यापारीहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर तोकिएको समयभित्र सामान बिक्रीवितरण गर्न सुझाव दिइएको बताए ।
सहायक प्रजिअ महतका अनुसार बाहिरबाट आउने सामग्रीको सुब्बाकुना सुर्खेत र वीरेन्द्रनगर बजारका तरकारी मण्डी तथा खाद्य पसल व्यापारीहरुलाई दैनिकरूपमा उपभोग्यवस्तु तथा तरकारीहरुको मूल्य सूचीको प्रतिलिपि जिल्ला प्रशासनमा बुझाउन पनि निर्देशन दिइएको छ ।
निषेधाज्ञाको समयमा गरिएको अनुगमनबाट उपभोक्ता तथा सर्वसाधारणलाई व्यापारीले ठगी गर्न नपाउने र यो निरन्तर रहने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । अनुगमनमा प्रशासनसहित उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ सुर्खेत र सुरक्षा निकायको सहभागिता रहेको थियो । सुर्खेतमा यही वैशाख १४ गतेदेखि २१ गतेसम्म कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि निषेधाज्ञा जारी गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा मन्त्रालयको भागबण्डामै सकस, आज सानो आकारको मन्त्रीमण्डल बन्ने
बैशाख १२, २०८१ बुधबार
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
दैलेखमा एउटै बँदेलको टोकाइबाट सात जना घाइते
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम
बैशाख १२, २०८१ बुधबार
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
बैशाख १२, २०८१ बुधबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार