एक वर्षपछि बारेकोटमा चिकित्सकसँगै एक्सरे मेसिन
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार १६:१९:५२
१९ वैशाख,जाजरकोट । वर्ष दिनपछि बारेकोट गाउँपालिकाले चिकित्सकसँगै एक्सरे मेसिन पाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा दरबन्दीका चिकित्सकको सरुवा भएको करिब तीन वर्षपछि गाउँपालिकाले आफ्नै लगानीमा चिकित्सक नियुक्त गरेको स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले जानकारी दिए । गत चैत ६ गतेदेखि रु एक लाख २४ हजार मासिक तलब पालिकाले भुक्तानी गर्ने सम्झौताअनुसार लिम्सामा चिकित्सक गायत्रीप्रसाद शर्मालाई नियुक्त गरेको हो ।
अहिले लिम्सामा भिडियो एक्सरे, इसिजी सेवा र ल्याब सेवा सञ्चालनमा आएको प्रमुख सिंहले बताए । महिना दिनभित्र सादा एक्सरे सेवा सञ्चालनमा ल्याउने तयारी रहेकोसमेत उनले जानकारी दिए । सरकारी दरबन्दीका चिकित्सक करिब एक वर्ष लिम्सामा कार्यरत रही पढ्न गएका थिए । चिकित्सक पढ्न गएसँगै तीन वर्षदेखि रिक्त रहेको दरबन्दी अहिलेसम्म पूर्ति हुनसकेको छैन । सरकारी दरबन्दीको चिकित्सक पठाइदिन मन्त्रालयलाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि गाउँपालिकाले दुई वर्षअघि आफैँले तलब र भत्ता दिने गरी चिकित्सक नियुक्त गरेको थियो ।
नियुक्त गरेका चिकित्सक पनि लामो समयसम्म नबसेपछि लिम्सामा एक वर्ष चिकित्सकविहीन भएको थियो । वर्ष दिनपछि अहिले पालिकाले फेरि आफैंले तलबभत्ता उपलब्ध गराउने गरी चिकित्सक नियुक्त गरेको हो । नयाँ चिकित्सक आएसँगै भिडियो एक्सरेसँगै अन्य सेवा सहजरूपमा सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।
एक्सरेकै लागि जाजरकोट सदरमुकाम तथा जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ । भर्खरै मात्र सडक सञ्जालसँग जोडिएको बारेकोट गाउँपालिकामा अहिले दैनिक बिरामीको सङ्ख्या ह्वात्तै बढेको बताइएको छ । पालिकामा अत्याधुनिक भवन निर्माणका लागि स¬ङ्घीय सरकारले बजेट पठाए पनि चिकित्सक नपठाउँदा पालिका आफैंले चिकित्सक व्यवस्था गर्नुपरेको गाउँपालिकाले जनाएको छ । जिल्लाका अन्य पालिकामा भवन निर्माणका लागि बजेट पठाए पनि चिकित्सक नपठाउँदा सेवा प्रवाहमा समस्या भएको पालिकाहरूले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा आयो २३ सय ४० क्विन्टल पोषणयुक्त चामल
चैत १५, २०८० बिहिबार
कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार