मंगलबार , जेठ ४, २०७८

वीरगञ्जमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुग्याे

वीरगञ्जमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुग्याे

१९ बैशाख, वीरगञ्ज । वीरगञ्जमा ज्यानमारा काेराेना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको नारायणी अस्पतालमा उपचाररत ६८ वर्षीय संक्रमित पुरुषको उपचारकै क्रममा गएराति १ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि वैशाख १७ गते अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यही दिन गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनी टाईप टु डायबिटिजका विरामी समेत थिए । कोरोना संक्रमणपछि कोभिड निमोनियाका कारण दुवै फोक्सोले काम नगर्दा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

उनीसँगै वीरगञ्जमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । नारायणी अस्पतालमा मात्रै २६ जनाको मृत्यु भएको छ । शनिबार मात्रै नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा दुई जना संक्रमितको पनि मृत्यु भएको थियो ।

यसैबीच, पछिल्लो २४ घण्टामा नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा १ सय ९२ स्वाब नमुना परीक्षणका क्रममा १ सय ९३ जनामा संक्रमण देखिएको हो । पुष्टि भएका संक्रमितमध्ये ३० जना महिला छन् । पर्साका १ सय ९, बाराका २६, रौतहटका ६, सर्लाहीका ३, महोत्तरीका १ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय