मंगलबार , जेठ ४, २०७८

हालै आईपीओ निष्कासन गरेको महिला लघुवित्तको मुनाफामा उल्लेख्य वुद्धि, अधिकांश सूचकमा सुधार

हालै आईपीओ निष्कासन गरेको महिला लघुवित्तको मुनाफामा उल्लेख्य वुद्धि, अधिकांश सूचकमा सुधार

१९ बैंशाख, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ६ करोड ४२ लाख ४३ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा यो मुनाफा ११२.६६ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिसम्म कम्पनीको यस्तो मुनाफा ३ करोड २ लाख २५ हजार रुपैयाँमा सिमित थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

त्यस्तै सो अवधिसम्म सञ्चालन नाफा पनि १५० प्रतिशतले बढेर ७ करोड ९२ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिसम्म संस्थाले ३ करोड १७ लाख ११ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।

हाल चुक्तापूँजी १० करोड रुपैयाँ रहेको संस्थाको जगेडा कोष १९ करोड १८ लाख ३९ हजार रुपैयाँ रहेको छ । संस्थाको प्रतिशेयर आम्दानी ८५.६६ र प्रतिशेयर नेटवर्थ २९१.८४ रहेको छ ।

गत माघमा मात्र सर्वसाधारणलाई आईपीओ जारी गरी चैत ३ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार गरेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय