वालिङमा एक साताका लागि ‘जनस्वास्थ्य विपद्’ घोषणा
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार १७:३२:११
१९ वैशाख,वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले एक साताका लागि ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा गरेको छ । नयाँ भेरियन्ट कोभिड –१९ को संक्रमण समुदायस्तरमा देखिँदै गएकाले रोकथाम तथा नियन्त्रणका लागि सो घोषणा गरिएको हो ।
वालिङभित्र संक्रमणको दर बढ्दै गएकाले कोभिड–१९ जोखिम व्यवस्थापन केन्द्रको बैठकले नगरभित्र अत्यावश्यकबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको नगर प्रवक्ता केदार काफ्लेले बताए । गए राति १२ बजेदेखि लागू हुने गरी यही वैशाख २५ गते राति १२ बजेसम्मका लागि सो घोषणा गरिएको हो ।
वालिङस्थित गह्रौं प्राथमिक अस्पतालको ¥यापिड रेस्पोन्स टिमले कम्तीमा पनि दुई साताका लागि बन्दाबन्दी गर्न सिफारिस गरेअनुसार नगरस्तरीय जोखिम व्यवस्थापन केन्द्रले एक साताका लागि ‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणा गरी पूर्ण बन्दाबन्दीका लागि जिल्ला जोखिम व्यवस्थापन केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता काफ्लेले बताए ।
प्रवक्ता काफ्लेका अनुसार जनस्वास्थ्य सेवा ऐन २०७५ दफा ४८ को उपदफा ४ एवं जनस्वास्थ्य नियमावली २०७७ को नियम २७ को उपनियम ४ ले दिएको अधिकार प्रयोग गरी वालिङ नगरपालिकाको सिमानाभित्र सो अवस्था घोषणा गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन
चैत १५, २०८० बिहिबार
उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार