तीन कम्पनीको सर्किट लेभलमा कारोबार, प्रतिकित्ता शेयरमूल्य कति ?
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार १७:५१:२७
१९ बैंशाख, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा तीन कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ । यस दिन नेप्सेका अधिकांश उपसूचकहरु हरियो देखिएका छन् । कारोबारमा आएका १३ उपसमूहका सूचकहरुमध्ये यस दिन १२ बजेको सयमसम्ममा १२ उपसमूहका सूचकहरु बढेर छन
यस अवधिमा नेप्से परिसूचक ० दशमलव ७४ प्रतिशत अर्थात १९.३७ अंक बढेर २६३० विन्दुमा बन्द पुगेको छ। बढेको बजारमा महिला लघुवित्त, सिंगटी हाइड्रो र विशालबजार कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
महिला लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ३ हजार ४३७ रुपैयाँ पुगेको छ । सिंगटी हाइड्रोको प्रतिकित्ता शेयरमूल्य ३ सय ९९ रुपैयाँ र बिशाल बजार कम्पनीको शेयरमूल्य ५ हजार ६०८ रुपैयाँ पुगेको छ । आज यी तीन वटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो ।
महिला लघुवित्तको पछिल्लो ४५ दिनमा उच्च शेयरमूल्य वृद्धि हुने पहिलो कम्पनी हो । लघुवित्तले करिब दुई महिना पहिलो सर्वसाधारणको लागि आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ नेप्सेमा सूचीकृत भएसंगै कम्पनीको शेयरमूल्यमा दैनिक सर्किट लाग्दै आएको छ ।
सिगंटी हाइड्रोको शेयर वैशाख १५ गते (बुधवार)देखि कारोबारमा आएको हो । कम्पनीले नेप्सेमा पहिलो कारोबारको लागि ओपन रेञ्ज १०० देखि ३०० सम्म तोकेको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । त्यसैगरी महिला लघुवित्तको शेयर कारोबारमा आएकै दिनदेखि उच्च दरले वृद्धि भएको छ ।
यस दिन यी तीन वटै कम्पनीको शेयर खरिद गर्न क्रेताको चाप रहेको छ । सिंगटीको शेयरमा करिब १ लाख ५० हजार कित्ता शेयर खरिद माग आउँदा बिक्रीकर्ता कोही छैनन् ।
यो पनि पढौं ।
हालै आईपीओ निष्कासन गरेको महिला लघुवित्तको मुनाफामा उल्लेख्य वुद्धि, अधिकांश सूचकमा सुधार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनको मौन अवधि शुरु, के-के गर्न पाइन्छ र के पाइदैन ?
बैशाख १३, २०८१ बिहिबार
किन बढ्दैछ विश्वभर प्रोस्टेट क्यान्सर ?
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार