चालु आवमा वन्यजन्तु आक्रमणबाट छ जनाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार १८:१३:५५
१९ चैत,चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट छ जनाको मृत्यु भएको छ । बाघको आक्रमणबाट तीन, गैँडाको आक्रमणबाट दुई र बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार चालु आर्थिक वर्षमा २३ जना वन्यजन्तुको आक्रमणबाट घाइते भएका छन् । तीमध्ये गैँडाबाट १०, भालुबाट सात, बँदेलबाट पाँच र हात्तीको आक्रमणबाट एकजना घाइते भएका हुन् ।
गत आर्थिक वर्षमा मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट छ जनाको मृत्यु भएको थियो । हात्ती र गैँडाले तीन÷तीन जनालाई आक्रमण गरी मारेको थियो । गत वर्ष वन्यजन्तुबाट ३४ जना घाइते भएको उनले जानकारी दिए । त्यसमध्ये गैँडा र बँदेलले १३÷१३, मगर गोही र हात्तीले तीन÷तीन तथा भालु र अजिङ्गरले एक÷एक जनालाई घाइते बनाएको थियो ।
मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट आक्रमण भई मृत्यु भएका परिवारलाई सरकारले राहत दिने व्यवस्था छ । वन्यजन्तुबाट हुने क्षति राहत निर्देशिका २०६९ को तेस्रो संशोधन २०७५ अनुसार मृतकले रु १० लाख पाउने व्यवस्था छ । अधिकारीका अनुसार घाइतेका हकमा रु दुई लाखसम्म निकुञ्ज कार्यालयले दिने व्यवस्था छ ।
अङ्गभङ्ग भएर लामो समय उपचार गर्नुपर्ने अवस्थामा सरकारी अस्पतालमा गरेको उपचारको सबै खर्च सरकारले व्यहोर्ने ऐनमा व्यवस्था छ । आकस्मिक अवस्थामा भने जुनसुकै अस्पतालमा उपचार गर्न पाउने व्यवस्था छ । विगतका वर्षमा राहत ढिलो प्राप्त हुने समस्या रहेकामा हाल भने निकुञ्जको कार्यालयले राहत दिने भएकाले प्रक्रिया पूरा गरी तत्काल भुक्तान गरिँदै आएको छ ।
यस कार्यालयले निकुञ्जसहित डिभिजन वन कार्यालय चितवन, धादिङ, नवलपरासी सुस्ता पूर्व र पश्चिम गरी चार जिल्लाका घाइतेको राहतसमेत उपलब्ध गराउँदै आएको छ ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा चार जिल्ला पर्दछन् । ती जिल्लाका १२ पालिकाका ९७ वडा मध्यवर्ती क्षेत्रमा पर्दछन् । निकुञ्जसँग जोडिएकाले वन्यजन्तु बाहिर निस्कने र स्थानीयवासीलाई दुःख दिने गर्दछन् । मानिसलाई आक्रमणका अतिरिक्त घरपालुवा पशुपन्छी, घर गोठ, बालीनालीसमेत क्षति पु¥याउने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रपतिद्वारा हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन [ फोटोफिचर ]
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
वर्षको एकचोटि पूजा गर्ने छोर्तेन
बैशाख १३, २०८१ बिहिबार