मंगलबार , जेठ ४, २०७८

बैंकहरुले आजदेखि एक चौथाइ शाखामार्फत एक चौथाइ कर्मचारी राखेर सेवा दिने (सूचनासिहत)

बैंकहरुले आजदेखि एक चौथाइ शाखामार्फत एक चौथाइ कर्मचारी राखेर सेवा दिने (सूचनासिहत)

१९ बैंशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमण अत्याधिक बढेसँगै बैंक तथा वित्तीय संस्थाले दिने सेवा पनि कटौती गर्ने भएका छन् ।

शुक्रबारसम्म सबै शाखाले विहान १० बजेदेखि २ बजेसम्म सेवा दिँदै आएकोमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आज (आइतबार) देखि बैंक तथा वित्तीय संस्थाले एक चौथाइ शाखा खोलेर एक चौथाइ कर्मचारी मार्फत सेवा दिने भएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शुक्रबार बसेको बैंकले निषेधाज्ञा भएका उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखेर सेवा दिन सक्ने निर्णय गरेको थियो । त्यसका लागि राष्ट्र बैंकलाई सहजीकरण गर्न भनेको थियो ।

केन्द्रीय बैंकले आज नै सीसीएमसीको निर्णय अनुसार बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा भएका उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखेर सञ्चालन गर्न निर्देशन दिने भएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आजदेखि उक्त व्यवस्था गर्न लागेका हुन् ।

बैंकका केही शाखा निकै कम र न्यून कर्मचारीबाट सञ्चालित हुने भएकाले ऋण प्रवाह भने ठप्प हुने सम्भावना छ ।

केही बैंकले सबै शाखा कार्यालयको सम्पर्क व्यक्ति तोक्ने भएका छन् । उनीहरुको सम्पर्क नम्बर पनि दिइने भएको छ । ग्राहकले त्यस्ता सम्पर्क व्यक्तिलाई फोन गरेर आफ्नो नजिकको कुन शाखा खुल्छ, कतिबेला खुल्छ र के के सुविधा पाइन्छ भन्ने सुझाव लिन सक्ने छन् ।

notice details

यस अवघिमा केही बैंक वित्त कम्पनीले सम्पर्क व्यक्ति तोक्ने सूचना प्रकासन समेत गरेका छन् भने बाँकी पनि प्रक्रियाको चरणमा छन् ।

राष्ट्र बैंकले जारी गरेकाे सूचना

nrb bank 1

nrb bank 2

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

धमाधम अक्सिजन सिलिण्डर ल्याउदैँ वायुसेवा निगम धमाधम अक्सिजन सिलिण्डर ल्याउदैँ वायुसेवा निगम १७ घण्टा पहिले
राजधानीमै इन्टरनेटको पैसा तिरेको बिल पाउँदैनन् ग्राहक राजधानीमै इन्टरनेटको पैसा तिरेको बिल पाउँदैनन् ग्राहक १७ घण्टा पहिले
कार्यदलकाे नेतृत्वकर्ता नेता रावलको आँखामा समस्या, बैठक अनिश्चित कार्यदलकाे नेतृत्वकर्ता नेता रावलको आँखामा समस्या, बैठक अनिश्चित २३ घण्टा पहिले
नेपालबहस डटकमको जुम बहस: कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गरोस् नेपालबहस डटकमको जुम बहस: कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गरोस् २१ घण्टा पहिले
आज पनि घट्यो चन्द्रागिरिको शेयर, प्रतिकित्तामूल्य कति ? आज पनि घट्यो चन्द्रागिरिको शेयर, प्रतिकित्तामूल्य कति ? १९ घण्टा पहिले
अक्सिजन प्लान्टका लागि टेन्डर, जडान अक्सिजन कन्सन्ट्रेटर ! अक्सिजन प्लान्टका लागि टेन्डर, जडान अक्सिजन कन्सन्ट्रेटर ! २३ घण्टा पहिले
प्रिय कमरेड, तपाईहरु सँधै हाम्रो स्मरणमा रहिरहनुहुनेछ: उपप्रधानमन्त्री पोखरेल प्रिय कमरेड, तपाईहरु सँधै हाम्रो स्मरणमा रहिरहनुहुनेछ: उपप्रधानमन्त्री पोखरेल २४ घण्टा पहिले
कृषकको बारीमा लटरम्म पाकेको गोलभेंडा कृषकको बारीमा लटरम्म पाकेको गोलभेंडा २१ घण्टा पहिले