चितवनमा २० भन्दा बढी जिल्लाका संक्रमित
नेपालबहस संवाददाता
बैशाख १९, २०७८ आइतबार २२:२०:५८
१९ चैत,चितवन । ‘मेडिकल सिटी’का रुपमा परिचित चितवनले कोरोना महामारीको अहिलेको समयमा २० भन्दा बढी जिल्लाको भार थेग्नु परेको छ । सामान्य अवस्थामा समेत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिरामी उपचार गर्न आउने चितवनले अहिलेको कोरोना महामारीको समयमा पनि यसका संक्रमितको उस्तै भार थेग्नु परेको हो ।
जिल्लामा केन्द्रीयस्तरको भरतपुर अस्पताल, दुईवटा ठूला मेडिकल कलेज, एउटा क्यान्सर अस्पताल, एक आँखा अस्पताल र २४ वटा निजी अस्पताल रहेका छन् । ती अस्पतालमा जिल्लासहित छिमेकी जिल्लाका बिरामी नियमित उपचारका लागि आउने गर्दछन् । क्यान्सरदेखि आँखा हुँदै विभिन्न रोगका विशेषज्ञ चिकित्सक उपलब्ध हुने हुँदा बाहिरी अर्थात् अन्य जिल्लाबाट उपचारका लागि चितवनलाई रोज्ने गरिन्छ । ठूला अस्पतालहरुमा आधुनिक चिकित्सा विज्ञानका उपकरणहरु पर्याप्त हुँदा सबै खालका उपचारका लागि चितवन सहज हुने गरेको छ ।
सधैँको सहजता मनन गर्दै संक्रमणको समयमा समेत सुविधा पाउने आशामा सोझै यहाँ आउनेहरुको सङ्ख्या निकै ठूलो छ । त्यसो त छिमेकी जिल्लाका साना अस्पतालहरुले गम्भीर बिरामीहरुलाई सोझै यहाँ रिफर गर्ने गरेका छन् । कतिपय उपचारका लागि राजधानी काठमाडौँ जाँदै गरेका बिरामीसमेत यही रोकेर उपचार गर्ने गरिएको छ ।
दुई दिनअघि चितवन मेडिकल कलेजमा पिसिआर परीक्षण गर्दा एकै दिन चितवनसहित २० जिल्लाका बिरामीमा संक्रमण देखिएको थियो । कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार केही दिनयता मात्रै जिल्लाका अस्पतालहरुमा २५ जिल्लासम्मका संक्रमित उपचारका लागि आएका छन् । उनले भने, “पश्चिमको कैलाली, नेपालगञ्ज, सुर्खेत, दाङ, प्यूठान, बुटवल, भैरहवा, नवलपरासी लगायतका जिल्लाका बिरामी उपचारका लागि आएका छन् ।” उहाँले पूर्व मकवानपुर, पर्सा, बारा, रौतहटलगायत जिल्लाबाट पनि बिरामी आउने गरेको जानकारी दिए । कतिपय त्यहाँका अस्पतालले नै रिफर गरेर पठाएका छन् भने कतिपय सोझै यहाँ आएका छन् ।
लम्सालले थपे, “भरतपुर गएपछि उपचार पाइहालिन्छ भनेर आउने सङ्ख्या ठूलो छ ।” अब अस्पतालहरुमा कोभिड नभएकाहरु घट्दै जाने र कोभिड भएकाहरुलाई बढाउँदै लैजानुको विकल्प नभएको उनको भनाइ छ । समन्वय नगरी सोझै बाहिरका संक्रमित आउँदा व्यवस्थापनमा कठिनाइ हुने गरेको लम्साल बताउछन् । अन्य विभागहरु बन्द गर्दै जाँदा त्यहाँको जनशक्तिलाई कोभिडको उपचारमा प्रयोग गर्नुपर्ने भए पनि अझै त्यसो हुन नसकेको उनको भनाइ छ ।
कलेज अफ मेडिकल साइन्सेस ९पुरानो मेडिकल कलेज० का निमित्त निर्देशक डा मनोहर प्रधान बाहिरी जिल्लाका बिरामीको चाप बढ्दो रहेको बताउछन् । उनले भने, “बाहिरी जिल्लाका संक्रमितले श्यया भरिएपछि जिल्लाकालाई कसरी उपचार गर्ने रु समयमै सोच्नुपर्ने अवस्था आएको छ ।” काम गर्ने कर्मचारी र जिल्लाका संक्रमितलाई श्यया छुट्याउन सकेपछि समस्या कम हुने उनको सुझाव छ ।
अस्पतालमा समन्वय नै नगरी सोझै संक्रमित आउने र व्यवस्थापन गर्न कठिन हुने गरेको गुनासो उनले गरे । उनले भने, “शुक्रबार मात्रै साँझ बाहिरबाट एकजना संक्रमित आए, व्यवस्थापन गर्न चार घण्टा लाग्यो ।” उनले थपे, “बाहिरका मानिसहरुलाई भरतपुर गएपछि त उपचार भइहाल्छ नि भन्ने छ, तर यहाँ सहज छैन ।” संक्रमित सोझै आउने र तुरुन्त भर्ना गर्न चौतर्फी दबाब हुने गरेको प्रधानले जानकारी दिए ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी जिल्लाको भन्दा बाहिरी जिल्लाको टेलिफोनको जवाफ दिन कठिन भएको बताउछन् । देशभरबाट संक्रमित पठाउन फोन आउने गरेको उनको भनाइ छ । उनले भने, “बाहिरी जिल्लाबाट मलाई आएको टेलिफोन उठाउन पनि सम्भव भएको छैन ।” सकेसम्म स्थानीयस्तरमा संक्रमितको व्यवस्थापन गर्न आफूले अनुरोध गर्दै आएको उनको भनाइ छ ।
जिल्लास्थित प्राविधिक समितिका संयोजकसमेत रहेका डा अधिकारी जिल्लामा तत्काल ७५ वटा भेन्टिलेटर, १५० श्यया सघन उपचार कक्ष, ३०० श्ययाको एचडियू र ६०० श्यया साधारण श्यया आवश्यक रहेको बताउछन् । जिल्लाका अस्पतालले यहाँका मात्रै नभएर बाहिरी धेरै जिल्लालाई थेग्नु पर्ने भएकाले पूर्णरुपमा तयारी गर्नुपर्ने उनको भनाइ छ ।
आफूले जिल्ला एउटा कल सेन्टर बनाएर कुन अस्पतालमा श्यया खाली छ भन्ने बारेमा जानकारी दिने व्यवस्था गर्नुपर्ने सुझाव अघि सारेको उनी बताउछन् । त्यसैगरी,संक्रमण देखिएका बिरामीको रिपोर्ट पठाउँदा उसले सम्पर्क गर्ने एकजना चिकित्सकको नम्बरसमेत पठाउनका लागि तयारी थालिएको बताए । बिरामीको शरीरमा अक्सिजनको मात्रा राम्रो भए पनि फोक्सोमा भने धेरै असर देखिने गरेको भन्दै उनले अन्य समस्या भएमा तत्काल चिकित्सकको सम्पर्कमा आउन पनि सुझाव दिए ।
देशैभरिबाट क्यान्सर उपचारका लागि आउने विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले समेत छुट्टै कोभिड वार्ड तयार गर्दैछ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार तत्काल १५ श्ययाको कोभिड उपचारका लागि श्यया तयार गरिँदै छ । क्यान्सर उपचार गर्न आउने बिरामीमा संक्रमण देखिएमा राख्ने गरी अस्पततालले व्यवस्थाा गर्न लागेको हो । गौतमका अनुसार सोही ठाउँमा बिरामीको चाप बढेमा पाँच श्यया थप गर्न सकिने छ । यहाँ नेपालका सबैजसो ठाउँका साथै भारतीय सीमा क्षेत्रबाट समेत बिरामी आउने गर्दछन् । बाहिरका बढी बिरामी आउने भएकाले जोखिम उच्च रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी समन्वयविना नै बिरामी नपठाउन छिमेकी जिल्लाहरुलाई अनुरोध गरिएको बताउछन् । बिरामीको चाप बढ्दै गएकाले यहाँका अस्पतालहरुले श्यया बढाउँदै लैजानुपर्ने उनको भनाइ छ । जिल्लामा दैनिक दैनिक १५० हाराहारी संक्रमित थपिँदै गएको भन्दै उनले यी संक्रमित र बाहिरबाट आउने दुवैको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी यहाँका अस्पतालहरुलाई रहेको छ ।
बाहिरी जिल्लाका बिरामी बढेपछि जिल्लाले ती जिल्लाहरुमा समन्वय विना बिरामी नपठाउन अनुरोध गर्दै आएको छ । प्रजिअ प्रेमलाल लामिछानेका अनुसार आज यहाँका अस्पतालहरुमा भर्ना भएका १७२ जना संक्रमितमध्ये ७५ जना मात्रै चितवनका हुन् । अन्य सबै बाहिरी जिल्लाका भएको उनको भनाइ छ । यस विषयमा आफूले केन्द्रमा पनि जानकारी गराएको उनले बताए । सामान्य संक्रमितलाई सम्बन्धित ठाउँमा नै व्यवस्थापन गर्न प्रजिअलाई अनुरोध गरिएको लामिछानेको भनाइ छ ।
जिल्लामा दैनिक संक्रमण बढ्दै गएपछि शुक्रबारदेखि निषेधाज्ञा लागू गरिएको छ । निषेधाज्ञालाई कडाइ गर्दै लगिएको भन्दै उनले अस्पतालहरुलाई आवश्यक थप तयारीका लागि अनुरोध गरिएको बताए । छिमेकी जिल्लाका बिरामीले अस्पताल भरिँदा यहाँका बिरामीलाई कसरी उपचार गर्ने भन्ने चिन्ता थपिएको लामिछाने बताउछन् ।
जिल्लाका सबै पालिकामा आइसोलेशन निर्माण गरेर सामान्य अवस्था भएका संक्रमितलाई त्यही उपचार गर्न अनुरोध गरिएको छ । अस्पतालमा जटिल संक्रमितलाई मात्रै उपचार गर्ने गरी व्यवस्थापन गर्न लागिएको छ । बाहिरबाट विना जानकारी आएर घरगाउँमा बस्नेहरुलाई निगरानी बढाउन पालिकाहरुमार्फत टोलहरुमा अनुरोध गरिएको छ ।
देशकै मध्यभागमा रहेकाले विभिन्न कारणबाट कोभिडको सङ्ख्या यहाँ दैनिक बढ्दै गएको हो । बाहिरबाट अन्य बिरामीहरु आउँदा रोगसँगै कोभिडसमेत लिएर आउने गरेको, उद्योग कलकारखानामा भारतदेखिका मजदूरहरु सोझै आउने गरेका, पछिल्ला दिनहरुमा विवाह, व्रतबन्ध, पूजाआजा, ¥याली, जुलुस, भेला जमघट जस्ता कार्यक्रमहरुले पनि संक्रमण बढाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख तिवारीको भनाइ छ । अव्यवस्थित बजार, सावधानीको कमी, यातायातको सहजता जस्ता कारणले पनि संक्रमण बढाएको उनको बुझाइ छ ।
राजधानीबाट फर्किएकाहरु गाउँगाउँ पुग्दा पनि संक्रमण फैलिएको छ । जिल्लामा हालसम्म सात हजार ९६४ जनामा संक्रमण भएको छ । जसमध्ये ७५ जना अस्पतालमा र ९१३ जना होम आइसोलेशनमा छन् । निको भएर घर फर्किने ६ हजार ८५९ जना छन् । कोभिडका कारण हालसम्म जिल्लाका ११७ जनाको मृत्यु भएको छ ।
जिल्लामा कोभिड उपचारका लागि ४०५ श्यया छुट्याइएको छ । भरतपुर अस्पतालमा १० सघन उपचार कक्ष, २५ वटा एचडियु र ७५ वटा साधारण श्यया रहेका छन् । चितवन मेडिकल कलेजमा ११३ छुट्याइएको छ । जसमध्ये क्रिटिकल कियर ४६, सघन उपचार कक्ष ३३, एचडियु नौ र कोभिड श्यया २५ रहेका छन् । कलेज अफ मेडिकल कलेजमा छुट्याइएका एक सयमध्ये सघन उपचार कक्षमा १६, बाल सघन उपचार कक्षमा ६ र एचडियु ७८ वटा रहेका छन् ।
हाल अस्पतालहरुमा रहेका बिरामीमध्ये ५४ जना सघन उपचार कक्षमा छन् । तीमध्ये नौजना भेन्टिलेटरमा रहेको तिवारीले जानकारी दिए । यसैगरी, ४९ एचडियुमा र ६८ जना साधारण श्ययामा उपचाररत छन् ।
अस्पतालहरुले अन्य जिल्लाबाट आउने र जिल्लामा बढ्दो संक्रमणको दर हेर्दा केही दिनमै कोभिडका लागि छुट्याइएका श्यया भरिने जनाएका छन् । संक्रमण निरन्तर उकालो लाग्दा जिल्लाका बिरामीहरुले उपचार पाउन कठिन हुने देखिएको छ । समयमै व्यवस्थापन गर्न नसक्ने हो भने स्थिति जटिल रहेको चिकित्सकहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर वनक्षेत्र डढेलोले सखाप
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
झापामा जीपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार