मंगलबार , जेठ ४, २०७८

नेशनल माइक्रोफाइनान्सलाई महिला सहयात्रा लघुवित्त एक्वायर गर्न दियाे राष्ट्र बैंकले स्वीकृति

नेशनल माइक्रोफाइनान्सलाई महिला सहयात्रा लघुवित्त एक्वायर गर्न दियाे राष्ट्र बैंकले स्वीकृति

१९ बैंशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेशनल माइक्रोफाइनान्सलाई महिला सहयात्रा लघुवित्तलाई आफूमा गाभ्न स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले वैशाख १५ गते यी दुई संस्थालाई मर्जर तथा प्राप्तिको लागि स्वीकृति प्रदान गरेको हो ।

यसअघि गत माघ ८ गते दुई संस्थाबीच बिहीबार मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेशनलको तर्फबाट सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्य र महिला सहयात्राको तर्फबाट अध्यक्ष अमृतचरण श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

हाल नेसनलको केन्द्रीय कार्यालय धादिङमा र महिला सहयात्राको मकवानपुरको थाहा नगरपालिकामा रहेको छ । यता, नेसनल माइक्रोफाइनान्ससँग गाभ्ने समझदारीमा अन्तिम सम्झौता भएसँगै महिला सहयात्राको कारोबार रोक्का छ । कम्पनीको माघ ९ गते देखि दोस्रो बजारमा सेयर कारोबार रोकिएको हो ।

national

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय