शनिबार , जेठ १, २०७८

नेपाल लाईफको कम्पनी सचिवमा भुजेल नियुक्त

नेपाल लाईफको कम्पनी सचिवमा भुजेल नियुक्त

१९ वैशाख, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रिक्त कम्पनी सचिवमा विनोदकुमार भुजेल नियुक्त भएका छन् । कम्पनीको ३२०औं सञ्चालक समितिको बैंठकले कम्पनी सचिवमा भुजेल नियुक्त गरेको छ ।

नवनियुक्त कम्पनी सचिव भुजेलले आजै पदबहाली गरेका छन् । बैठकले कम्पनीमा रिक्त रहेको कम्पनी सचिवमा भुजेललाई नियुक्त गरेको जानकारी कम्पनीका सहायक महाप्रबन्धक ओमप्रकाश पुडासैनीले दिएका छन् । भुजेल बीमा क्षेत्रमा लामो समयदेखि कार्यरत छन् । उनी यस अघि लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडमा कार्यरत थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

nepal life

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय