सिन्धुलीका दुई पालिकामा लकडाउन
नेपालबहस संवाददाता
बैशाख २०, २०७८ सोमबार १४:४६:१६
२० वैशाख, सिन्धुली । यहाँका दुई स्थानीय तहले लकडाउन गरेका छन् । दुधौली नगरपालिका र गोलन्जोर गाउँपालिकालेअत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरेका हुन् । दुधौली नगरपालिकाले आजदेखि लागू हुने गरी वैशाख २९ गते रातिसम्मका लागि लकडाउन घोषणा गरेको छ । नगर विपद् व्यवस्थापन समिति दुधौलीको आइतबार बसेको बैठकले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख घनश्याम राउतले जानकारी दिए ।
आफ्ना १४ वटै वडामा लागू हुने गरी लकडाउन घोषणा गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै २५ जनाभन्दा कमको उपस्थितिमा स्वास्थ्यको मापदण्ड पालना गरी धार्मिक तथा सामाजिक कार्यक्रम गर्नसमेत अनुरोध गरेको छ । अत्यावश्यक सेवा खाद्यान्न, तरकारी फलफूललगायतका पसललाई बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चल्न दिने, बैंकिङ सेवा पालो प्रणालीबाट सञ्चालन गर्ने तथा भीडभाड हुने स्थानबाट दिइने सेवा सबै बन्द गरिने बैठकले निर्णय गरेको छ ।
गोलञ्जोर गाउँपालिकाले पनि आइतबारदेखि वैशाख २६ गते राति १२ बजेसम्मका लागि लकडाउन गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाभित्रका अत्यावश्यक सेवाबाहेक सबै सेवा एक साताका लागि बन्द गरिएको जनाएको छ । गाउँपालिकाले औषधि पसल, स्वास्थ्य सेवा, एम्बुलेन्सलगायतका सेवा भने २४सै घण्टा खोल्न र अन्य सेवा आंशिकरूपमा सञ्चालन गर्न आग्रह गरेको छ । खाद्यान्न पसल, डेरी, होटल बिहान दुई घण्टा र बेलुका दुई घण्टा खुला गर्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
आजदेखि चितवनमा आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
चैत ९, २०८० शुक्रबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
नेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक
चैत १५, २०८० बिहिबार