मंगलबार , जेठ ४, २०७८

राष्ट्र बैंकले सेवाग्राहीको समस्या सामाधान गर्न तोक्यो तीन जना सम्पर्क व्यक्ति

राष्ट्र बैंकले सेवाग्राहीको समस्या सामाधान गर्न तोक्यो तीन जना सम्पर्क व्यक्ति

२० बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड महामारीको अवस्थामा ग्राहकहरुलाई परेको समस्या सामाधान गर्नकोे लागि तीन जना सम्पर्क व्यक्ति तोकेको छ।

केन्द्रिय बेंकले बैंक तथा वित्तीय संस्थाको सेवालाई थप प्रभावकारी बनाउन, सर्वधारणको जिज्ञासाको जवाफ दिन र सेवाग्राहीको समस्या सम्बोधन गर्न सम्पर्क व्यक्ति तोकेको हो।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

विप्रेषण, विदेशी मुद्रा सटही लगायतका समस्याको लागि विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक गुरु प्रसाद पौडेललाई सम्पर्क व्यक्ति तोकिएको छ भने, बैंकमा रकम राख्ने वा झिक्ने, साँवाब्याज तिर्ने, लगयाताका काराबोरको गुनासो सुन्नका लागि बैंक तथा वित्तीय संस्था वियमन विभागका निर्देशक किरण पण्डित सम्पर्क व्यक्ति तोकिएका छन्।

त्यस्तै मोबाइल इन्टरनेट बैंकिंग, डेविट क्रेडिट कार्ड एटिएस तथा अन्य डिजिटल कारोबार सम्बन्धि समष्याका लागि भुक्तानी प्रणाली विभागका निर्देशक निश्चल अधिकारी सम्पर्क व्यक्ति तोकिएका छन्।

rasta

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय