मंगलबार , जेठ ४, २०७८

नेपाल बैंकले बैशाख २२ गतेदेखि साढे ३ अर्बको ऋणपत्र बिक्री गर्ने

नेपाल बैंकले बैशाख २२ गतेदेखि साढे ३ अर्बको ऋणपत्र बिक्री गर्ने

२० बैशाख, काठमाडौं । नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा सो ऋणपत्र निष्काशन गर्ने भएको हो।

बैंकले बैशाख २२ गतेदेखि ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कति कित्ता ऋणपत्र निष्कासन गर्दै ? 

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ।

सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो ऋणपत्र खरिदका लागि छिटोमा बैशाख २६ गतेसम्ममा आवेदन दिनु पर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ५ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

बिक्री प्रबन्धक को हो ? 

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

कुन रेटिङ्ग प्राप्त गरेको छ ?

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई कम क्रेडिट रिस्क जनाउने इक्राएनपी आईआर सिङ्गल ए ग्रेडिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने तथा कर्जा जोखिम न्यून भएको संस्था हो भन्ने जनाउँछ।

nepal 01

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

ओलीलाई कांग्रेसले विश्वासको मत दिन नसक्ने ओलीलाई कांग्रेसले विश्वासको मत दिन नसक्ने २ हप्ता पहिले
दमौली अस्पतालमा आइसियु र भेन्टिलेटरसहितको आइसोलेसन कक्ष तयार दमौली अस्पतालमा आइसियु र भेन्टिलेटरसहितको आइसोलेसन कक्ष तयार २ हप्ता पहिले
२५ बोरा सुर्तीसहित ट्रक चालक पक्राउ २५ बोरा सुर्तीसहित ट्रक चालक पक्राउ २ हप्ता पहिले
पन्ध्र दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न मन्त्रालयको आग्रह पन्ध्र दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न मन्त्रालयको आग्रह ५ दिन पहिले
ओलीकाे दाऊ निर्वाचनतिरः खनाल–नेपाल धर्मसंकटमा, २७ गते एमाले विभाजनको छिनोफानो हुने ओलीकाे दाऊ निर्वाचनतिरः खनाल–नेपाल धर्मसंकटमा, २७ गते एमाले विभाजनको छिनोफानो हुने २ हप्ता पहिले
नवनिर्मित पाटन माध्यमिक विद्यालय भवन उद्घाटन नवनिर्मित पाटन माध्यमिक विद्यालय भवन उद्घाटन ४ हप्ता पहिले
निजी अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्ने सरकारी निर्देशन हावादारी: अध्यक्ष बसन्त चौधरी निजी अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्ने सरकारी निर्देशन हावादारी: अध्यक्ष बसन्त चौधरी ५ दिन पहिले
४३ दिनमा तीन हजार नाध्यो महिला लघुवित्तको शेयरमूल्य, आज पनि सर्किट लेवलमा कारोबार ४३ दिनमा तीन हजार नाध्यो महिला लघुवित्तको शेयरमूल्य, आज पनि सर्किट लेवलमा कारोबार ३ हप्ता पहिले