मंगलबार , जेठ ४, २०७८

घोडाघोडी नगरपालिकामा डाक्टर नहुँदा आइसोलेशन सञ्चालन गर्न समस्या

घोडाघोडी नगरपालिकामा डाक्टर नहुँदा आइसोलेशन सञ्चालन गर्न समस्या

२० वैशाख, धनगढी । कैलालीको घोडाघोडी नगरपालिकालाई एमबीबीएस डाक्टर नहुँदा अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न समस्या भएको छ । नगरपालीकाद्वारा यसअघि एमबीबीएस डाक्टरमार्फत गाउँबाटै सेवा दिने भनिएपनि अहिलेसम्म पदपूर्ति हुन नसक्दा समस्या भएको हो ।

पाँच शय्याको कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न परिपत्र गर्दै आर्थिक वर्षको शुरुमै सङ्घीय सरकारले रु १० लाख पठाए पनि चिकित्सककाे अभावले उक्त कार्य पूर्ण हुन नसकेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसअघि नगरपालिकाले चिकित्सक पदपूर्तिका लागि गरेको विज्ञापनमा एकजनाको मात्रै निवेदन परेकामा उक्त व्यक्ति अन्तर्वार्तामा नआउँदा पदपूर्ति हुन नसकेको जनाइएको छ । सिंहले चिकित्सक नभएको र आइसोलेशन सञ्चालन गर्ने अधिकार नगरपालिकालाई नभएकाले पूर्ण रूपमा तयार रहँदारहँदै पनि अहिले सञ्चालन हुन नसकेको स्पष्ट गरे। उनका अनुसार घोडाघोडी –३ मा रहेको दरख स्वास्थ्यचौकीमा स्थापना गरिएको कोभिड अस्पतालमा १० शय्याको आइसोलेशन सञ्चालन गर्ने भनिए पनि चिकित्सकको विज्ञापनपछि निवेदक नै अन्तर्वार्तामा उपस्थित भएनन् ।

अहिले जटिल प्रकृतिका सङ्क्रमित सम्पर्कमा आउँदा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाउनुपर्ने बाध्यता छ । नगरपालिकाले एक चिकित्सक, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगीको पदपूर्तिका लागि गरेको विज्ञापनमध्ये अन्यको भने पदपूर्ति भएको र चिकित्सक ल्याइने प्रयास जारी रहेको सिंहले जानकारी दिए। रासस

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय