बर्दघाट–सुस्तापूर्वको त्रिवेणीमा हेल्थ डेस्क
नेपालबहस संवाददाता
बैशाख २०, २०७८ सोमबार १७:२८:११
२० वैशाख, नवलपुर । गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’को त्रिवेणीमा हेल्थ डेस्क ‘स्वास्थ्य कक्ष’ स्थापना गरिएको छ । उक्त हेल्थ डेस्कमा एक अहेब र एकजना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले जानकारी दिए ।
हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीलाई दैनिक ज्यालादारीमा राखिएको अर्यालले बताए । गत वर्ष पहिलो लहरको कोरोना सङ्क्रमण हुँदा पनि त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा यसैगरी स्वास्थ्यकर्मी परिचालन गरेर हेल्थ डेस्क स्थापना गरिएको थियो । उक्त डेस्कबाट सीमा नाका हुँदै आवतजावत गर्नेको ज्वरो जाँच गर्दै उनीहरुको ठेगाना लेख्ने काम गर्ने जनाइएको छ ।
प्रदेशकै एकमात्र भारतसँग सीमा जोडिएको नाका भएकाले प्रदेश सरकारले नै स्वास्थ्यकर्मी राख्नुपर्नेमा त्यस्तो नगरी गाउँपालिकालाई नै जिम्मा दिँदा पर्याप्त स्वास्थ्यकर्मी राख्न नसकिएको गाउँपालिका अध्यक्ष डम्मरबहादुर जिसीले गुनासो गरे। गाउँपालिकासँग सीमित बजेट हुँदा सीमा नाकाको जिम्मेवारी धान्न मुस्किल हुने उनको भनाइ छ । सिमानामा प्रदेश सरकारबाट नै कर्मचारी राख्नुपर्ने भए पनि सरकारले बेवास्ता गरेको जिसीले बताए ।
गत वर्ष कोभिड–१९ को संक्रमणका कारण बन्द गरिएको त्रिवेणी भन्सार नाका १३ महिनासम्म खुल्न सकेको छैन । नाका नखुल्दै फेरि त्यहाँ हेल्थ डेस्क स्थापना गरिएको हो । पर्याप्त मात्रामा स्वास्थ्यकर्मी राखेर कम्तीमा भारतबाट त्यो नाका हुँदै नेपाल भित्रिनेको पिसिआर परीक्षणको व्यवस्था गर्न सके प्रभावकारी हुने जिसीको भनाइ छ ।
भारतबाट नेपाल भित्रिनेको सीमाबाटै पिसिआर परीक्षण नगरी घर पठाउँदा कोरोना सङ्क्रमणको जोखिम बढ्ने देखिएको छ । नाकामा राखिएको हेल्थ डेस्कमा कार्यरत दुईजना कर्मचारीबाट ज्वरो नाप्ने र ठेगाना लेख्नेबाहेक अरू काम हुन नसक्ने जिसीको भनाइ छ । त्रिवेणी नाकामा प्रदेश सरकारले चासो नदिएका कारण पर्याप्त स्वास्थ्य सुरक्षा अपनाउन नसकिने उनले बताए ।
सीमा नाकामा प्रदेश सरकारको सहयोगबाट कडाइ गर्न सहज हुने जनाउँदै अध्यक्ष जिसीले नाकामा कडाइ गरे मात्रै कोभिड न्यूनीकरणमा सफलता मिल्ने बताए । सीमा नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई प्रभावकारी बनाउनसमेत प्रदेश सरकारले सहयोग गर्नुपर्ने अध्यक्ष जिसीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार