नारायणी कलीले छावा जन्माइन, अवस्था स्वस्थ !
नेपालबहस संवाददाता
बैशाख २०, २०७८ सोमबार १७:३६:९
२० वैशाख, नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रमा रहेको हात्तीले छावा जन्माएको छ । प्रजनन केन्द्रमा रहेको नारायणीकली हात्तीले आज बिहान २ः०० बजे छावा जन्माएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए। सुत्केरी हात्ती र उनको छावा ९भाले०को अवस्था स्वस्थ तथा स्फूर्त रहेको अधिकारीले बताए । सुत्केरी हात्तीको स्याहारका लागि तीन जना हात्तीसार कर्मचारी खटाइएको उनले सुनाए ।
नारायणीकली निकुन्जकै बगाई माडी सेक्टर कार्यालय माडीमा खटिएको बेला गर्भवती भएकाले उनलाई कामकाजबाट फिर्ता गरी खोरसोर प्रजनन् केन्द्रमा राखेर स्याहार सुसार गरिँदै आएको अधिकारीले बताए । नारायणीकलीले यसअघि माडीगज र लक्कीगज नामका दुई हात्तीलाई जन्म दिइसकेकी छिन् । ती दुवै हात्ती भर्खरै सम्पन्न राष्ट्रिय गैँडा गणना २०७७ मा समेत सहभागी भएका निकुञ्जले जनाएको छ ।
खोरसोरमा यो नवजात छावा हात्तीसँगै १० बच्चा हात्ती पुगेका छन् । नवजात छावासहित चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको कुल सङ्ख्या ५१ तथा कोशीटप्पु वन्यजन्तु आरक्षबाट कामकाजमा खटिएका छ गरी जम्मा ५७ हात्ती पुगेका अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा एक वर्षमा २१ हजार पर्यटकको आगमन
बैशाख १०, २०८१ सोमबार
बागलुङका दुई पालिकामा तीस घरबास सञ्चालन गरिने
बैशाख ९, २०८१ आइतबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा
बैशाख १०, २०८१ सोमबार
रौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
बैशाख ११, २०८१ मंगलबार
सावधान ! प्लाष्टिकको प्रयोगले हुन्छ यस्तो डरलाग्दो असर !
बैशाख ११, २०८१ मंगलबार
वीरगञ्जको अलौमा आगलागीः ७ घर जले, ५४ लाखको क्षति
बैशाख ११, २०८१ मंगलबार
सावारी दुर्घटनामा पत्रकार यादवको मृत्यु
बैशाख ११, २०८१ मंगलबार
नेकपा एसले बोलायो स्थायी कमिटी बैठक
बैशाख ११, २०८१ मंगलबार
देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : सभामुख घिमिरे
बैशाख ११, २०८१ मंगलबार