कैदी र बन्दीसँगको भेटघाट बन्द
नेपालबहस संवाददाता
बैशाख २०, २०७८ सोमबार १७:४२:३६
२० वैशाख, चितवन । चितवन कारागार कार्यालयमा रहेका कैदी र बन्दीसँगको भेटघाट बन्द गरिएको छ । कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कोरोना संक्रमण फैलन सक्ने भएकाले भेटघाट बन्द गरिएको हो । आफन्त भेटघाटमा आउँदै कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने भन्दै कारागार प्रशासनले भेटघाट बन्द गराएको उनले जानकारी दिए ।
उनले भने, “बाहिरबाट मान्छे आउँदा भित्र रहेकालाई कोरोना सर्न सक्ने खतरा भएकाले भेटघाट बन्द गराएका छौँ ।” दोस्रो चरणको कोरोना भाइरस पहिलेको भन्दा जटिल भएकाले भेटघाटमा आउने आफन्तलाई गेटबाट फर्काइएको उनले बताए ।
भेटघाट बन्दसँगै बाहिरबाट ल्याउने कैदीबन्दीलाई समेत रोक लगाइएको उनको भनाइ छ । उनले भने, “बाहिरी जिल्लाबाट गम्भीर प्रकृतिका बिरामी भएकाबाहेक अन्य कैदीबन्दी नपठाउन भनेका छौं ।” जिल्ला अदालतबाट ल्याइएका कैदीबन्दीको पनि कोरोना परीक्षण गरेर मात्र राख्ने गरिएको उनले जानकारी दिए । उनले भने, “कारागारमा कोरोना सङ्क्रमण फैलन नदिनका लागि उच्च सतर्कता अपनाएका छौ ।”
जिल्ला अदालतबाट पठाइएका कैदीबन्दीलाई आउने बित्तिकै १५ दिन छुट्टै क्वारेन्टिनमा राख्ने व्यवस्था गरिएको छ । बीस जना अट्ने क्षमता रहेको सो क्वारेन्टिनमा अहिले पनि कैदीबन्दी रहेका छन् । पहिलो चरणको कोरोना संक्रमणका समयमा विसं २०७६ साल चैत ८ गतेदेखि बन्द गरिएको भेटघाट २०७७ साल माघ २६ गतेमात्र खोलिएको थियो । भेटघाट बन्द गरिएसँगै कारागार कार्यालयमा कोरोना संक्रमण फैलन पाएको थिएन ।
कारागार कार्यालयमा अहिले ६६५ कैदीबन्दी रहेका छन् । त्यसमा पुरुष ६१६, महिला ४९ र आश्रित बालबालिका तीन रहेका छन् । यहाँ रहेका कैदीबन्दीमध्ये ५५१ ले कोरोनाविरुद्धको दोस्रो चरणको खोपसमेत लगाइसकेको काफ्लेले जानकारी दिए । यस कार्यालयमा २५ महिला र २५५ पुरुषको क्षमता रहेको छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
बालेनले राखेको बोर्ड कसले हटायो ?
चैत १४, २०८० बुधबार
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई नगरपालिकाद्वारा आर्थिक सहयोग
चैत १३, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार