यस्ता छन् ओलीले चाल्ने कपटपूर्ण कदमहरु !
नेपालबहस संवाददाता
बैशाख २०, २०७८ सोमबार १८:५३:५४
समाचार टिप्पणी
२० बैशाख, काठमाडाैं । हिजो दिनभरी प्रधानमन्त्री केपी ओली व्यस्त रहे । उनको व्यस्तताको परिणाम साँझ सार्वजनिक भयो–वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गर्ने । दिउँसो उनी आफ्नो समूहको स्थायी कमिटी बैठकमा बसे ।
त्यहाँ बिहानैदेखि सुरु भएको लुम्बिनी प्रदेशको राजनीतिक नौटंकीको षडयन्त्र पनि रच्दै थिए । साथै, अब सबैतिरबाट असहज अवस्था बन्न थालेको देखेपछि प्रतिनिधिसभाको बैठक डाक्ने र विश्वासको मत लिने निर्णयमा पुगे ।
स्थायी कमिटी बैठकपछि उनी सोझै हान्निए शीतल निवासतिर । करिब एकघण्टाको मन्त्रणापछि उनी बालुवाटार फर्केर क्याबिनेट मिटिङमा सहभागी भए । मिटिङमा उनले पूर्ववत स्वभाव बमोजिम आफ्ना कुरा सुनाए–अब यो ल्याङल्याङमा बस्ने हैन, वैशाख २७ मा प्रतिनिधिसभा बैठक बोलाएर विश्वासको मत लिन्छु, पाए बाँकी अवधि सत्ता चलाउँला, नत्र मंसिरमा चुनाव गर्ने हो ।
त्यसैले उनी सके सत्ता टिकाउने नभए चुनाव घोषणा गरेर लामो समय राज गर्ने दाउमा छन् । किनभने उनले कदाचित फेरि प्रतिनिधिसभा विघटन नै गराएपनि कोभिडका कारण तत्काल चुनाव हुने अवस्था छैन । अब ओलीको एउटै ध्याउन्न छ । सत्तामा रहेर कसरी चुनाव गराउने ? यसका लागि उनी प्रतिनिधिसभामा अल्पमतमा परेपनि नयाँ छिद्र खोजेरै भएपनि अगाडि बढ्ने रणनीतिमा छन् ।
यति भनेर ओली फेरि लागे लुम्बिनीको सत्ता टिकाउने अभियानतिर । दिनभरिको राजनीतिक जोडघटाउमा लुम्बिनी प्रदेशमा नेकपा एमाले अल्पमतमा झरिसकेको थियाे र मुख्यमन्त्री शंकर पोखरेललाई जसरी पनि टिकाउनै पर्ने बाध्यता थियो ओलीका लागि । अल्पमतमै भएपनि उनले प्रदेश प्रमुखलाई दबाब दिएर तत्काल मुख्यमन्त्री नियुक्त गर्न अह्राए । नभन्दै बहुमत विपक्षमा रहँदारहँदै प्रदेश प्रमुखले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरे । यति गरिसक्दा ओलीको सास फर्किको थियो ।
सबै प्रदेश र संघमा समेत सरकार अल्पमतमा पर्ने संकेत ओलीले पाइसकेका छन् । त्यसैले उनी सके सत्ता टिकाउने नभए चुनाव घोषणा गरेर लामो समय राज गर्ने दाउमा छन् । किनभने उनले कदाचित फेरि प्रतिनिधिसभा विघटन नै गराएपनि कोभिडका कारण तत्काल चुनाव हुने अवस्था छैन । अब ओलीको एउटै ध्याउन्न छ । सत्तामा रहेर कसरी चुनाव गराउने ? यसका लागि उनी प्रतिनिधिसभामा अल्पमतमा परेपनि नयाँ छिद्र खोजेरै भएपनि अगाडि बढ्ने रणनीतिमा छन् ।
त्यही स्थिति संसदीय दलमा पनि नआउला भन्न सकिन्न । कार्यकारिणी परिषदको बहुमतले ओली विरुद्ध मतदान गर्ने निर्णय गर्ने अनि महन्थ – राजेन्द्रले पक्षमा मत हाल्ने स्थिति आयो भने के होला ? लुम्बिनीकै नियति नदोहरिएला भन्न सकिन्न । त्यसैले सांसद पद नै जाने अवस्थामा महन्थ–राजेन्द्रले त्यो जोखिम उठाउने सम्भावना छैन । साथै संसदीय दलमा समेत उपेन्द्र – बाबुराम पक्ष बहुमतमा रहेको छ ।
वैशाख २७ गते आह्वान गरिएको प्रतिनिधिसभाको एउटा मात्रै अजेण्डा छ–प्रधानमन्त्रीले विश्वासको मत लिने । यो अजेण्डामा मतदान हुँदा सोझो अर्थमा ओली अल्पमतमा पर्ने देखिन्छ । किनभने ओलीले आफ्नो दल एमालेबाट पाउने मत संख्या हो–१२० । मौजुदा संसद संरचना अनुसार बहुमत सिद्ध गर्न ओलीलाई चाहिन्छ १३६ मत । बाँकी १६ मत उनलाई कसले देला ?
ओली र जनता समाजवादी पार्टीको एउटा पक्षको मन र मत अहिले मिलेको छ । अर्थात, महन्थ ठाकुर र राजेन्द्र महतो समूहले ओलीलाई सघाउने अवस्था छ । यसो हुँदा ओलीले आवश्यक १६ मत पाउलान् त ? अंकगणितले भन्छ– यो संख्या पु¥याउन सहज छैन । किनभने जसपा भित्र बहुमत पक्ष ओली विरु्द्ध अविश्वास प्रस्ताव ल्याएर नयाँ सरकार बनाउन चाहन्छ । अर्थात, डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षको सहयोग र समर्थन बिना त्यो संख्या जुट्न सम्भव छैन ।
राष्ट्रिय कार्यकारिणी समितिमा महन्थ – राजेन्द्र पक्ष अल्पमतमा छ । त्यसको एउटा ट्रेलर त भर्खरै लुम्बिनी प्रदेश सभामा ह्विप उल्लघंन गर्ने चार जनाको सांसद पद चट भएबाटै देखिएको छ । त्यही स्थिति संसदीय दलमा पनि नआउला भन्न सकिन्न । कार्यकारिणी परिषदको बहुमतले ओली विरुद्ध मतदान गर्ने निर्णय गर्ने अनि महन्थ – राजेन्द्रले पक्षमा मत हाल्ने स्थिति आयो भने के होला ? लुम्बिनीकै नियति नदोहरिएला भन्न सकिन्न । त्यसैले सांसद पद नै जाने अवस्थामा महन्थ–राजेन्द्रले त्यो जोखिम उठाउने सम्भावना छैन । साथै संसदीय दलमा समेत उपेन्द्र – बाबुराम पक्ष बहुमतमा रहेको छ ।
अर्काे सम्भवनाको कुरा गरौं । कही गरी जसपाले बहुमत जुुटाएरै ओलीको पक्षमा मतदान गर्ने निर्णय ग¥यो भने पनि एमालेकै माधव नेपाल पक्षले ओलीलाई मत देलान् भन्ने कुराको प्रत्याभूति छैन । त्यसको संकेत त कर्णाली र लुम्बिनी प्रदेशबाटै प्राप्त भइसकेको छ । संघीय सरकारका लागि त यो उपाय अझै जरुरी छ । त्यसैले ओली ताप्केबाट उम्के पनि पर्ने चाहिं भुँग्रो मै हो । ओलीलाई पदच्यूत गर्ने यो भन्दा उपयुक्त अवसर माओवादी र एमाले कै माधव पक्षलाई अर्काे हुने देखिन्न । यसबारे जानकार ओली सकेसम्म यही अवस्था आओस् भन्ने नै चाहन्छन् ।
ओलीको चाहना सकेसम्म बहुमत जुटाउने नत्र चुनाव घोषणा गरेर सत्ता लम्ब्याउने नै हो । अझ माधव नेपाल पक्षलाई फ्लोर क्रस गर्न वाध्य बनाएर सदाका लागि पार्टीबाट निश्काषन गर्ने र एमाले कब्जा गर्ने रहेको छ । त्यसैले ओलीले अहिले यो जोखिमपूर्ण कदम चालेका हुन् । ओलीलाई थाहा छ, अहिले कोभिडकै कारण देशमा केही हुनेवाला छैन । चुनाव त दुनियाँको आँखामा छारो हाल्न मात्रै हो । वास्तवमा उनी लामै समय संविधान पत्रु बनाएर शासन सत्ता लम्ब्याउन अभिशप्त छन् ।
अहिलेको परिवेशले पनि त्यसैको संकेत गरेको छ । ओलीले चाल्ने कदमहरु कपटपूर्ण मात्र देखिएका छन् । जसरी भएपनि सत्तामा टिक्न उनको एक मात्र अभिष्ट हो । त्यसका लागि जस्तोसुकै जोखिम उठाउन उनी तयार छन् । उता, माओवादी र माधव नेपाल पक्ष पनि जसरी भएपनि ओलीलाई सडकमा ल्याउने रहेको छ । उनीहरुकै लडाईंको वाछिंटा देश र जनताले खेप्नुपर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पासगर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
धार्मिक पर्यटकीय स्थल बिम गाउँ
चैत १६, २०८० शुक्रबार