विपक्षी दलहरु सक्रिय
नेपालबहस संवाददाता
बैशाख २०, २०७८ सोमबार १८:६:५४
२० बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो साँझ अप्रत्यासित रुपमा यही बैशाख २७ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरेपछि मुलुकी राजनीति अर्को दिशातिर फर्किएको छ ।
सत्ता टिकाउने प्रधानमन्त्री केपी ओलीको नयाँ फण्डाका रुपमा यो अधिवेशन डाकिएको धेरैको अनुमान छ । किनभने उनले वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन चाहेको बुझिन्छ । जबकी प्राविधिक रुपमा अझै ओली वहुमतमै छन् । किनभने नेकपा माओवादी केन्द्रले सरकारलाई दिइरहेको विश्वास औपचारिक रुपमा फिर्ता लिएको छैन ।
यही अवस्थाले गर्दा फेरि विपक्षीहरु चल्बलाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ओलीको विकल्प दिन अग्रसर भएपनि आवश्यक मत जुटाउन नसक्दा रमिते बनेको हो । तर एकाएक प्रधानमन्त्री ओलीले विश्वासको मत लिने हेतुले वैशाख २७ गते अधिवेशन डाकेपछि भने कांग्रेस फेरि जुर्मुराएको छ । आज दिउँसो २ बजे सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा पदाधिकारी बैठक डाकेका छन् ।
बैठकमा समग्र राजनीतिक परिवेशबारे छलफल गर्न लागिएको हो । त्यसैगरी नेकपा माओवादी केन्द्रले पनि स्थायी कमिटी बैठक डाकेको छ । बैठकमा यिनै सन्दर्भबारे छलफल हुने बुझिएको छ । उता, जनता समाजवादी पार्टीले पनि गुटगत रुपमै बैठक र छलफल गरिरहेको छ । अध्यक्ष महन्थ ठाकुरले आफू पक्षीय नेताहरुलाई राजधानी नछाड्न निर्देशन दिएका छन् भने उपेन्द्र यादवले पनि निकट नेताहरुसँग छलफल गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार