मंगलबार , जेठ ४, २०७८

भारतमा २४ घण्टामा संक्रमणबाट तीन हजार ४१७ को मृत्यु

भारतमा २४ घण्टामा संक्रमणबाट तीन हजार ४१७ को मृत्यु

२० बैशाख, नयाँ दिल्ली । भारतमा कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन हजार ४१७ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा तीन लाख ६८ हजार नयाँ संक्रमित भेटिएका छन् । यो सहित भारतमा कूल संक्रमितको संख्या एक करोड ९९ लाख पुगेको छ ।

गत शनिबार दैनिक संक्रमितको संख्या चार लाख नाघेको थियो तर आइतबार केही कमी आएको छ । भारतमा कोभिड संक्रमणबाट हालसम्म दुई लाख १८ हजार ९५९ जनाको ज्यान गएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मन्त्रालयका अनुसार भारतमा अझै पनि ३४ लाखभन्दा बढी व्यक्ति सक्रिय संक्रमितको अवस्थामा छन् । गत २४ घण्टामा तीन लाख व्यक्ति संक्रमणमुक्त भएका छन् । यो सहित भारतमा कूल संक्रमितमध्ये १ करोड ६२ लाख संक्रमणमुक्त भएका छन् ।भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार, भारतमा हालसम्म २९ करोड नमुना परीक्षण गरिएको छ । आइतबार मात्र भारतमा १५ लाख नमुना परीक्षण गरिएको छ ।

पछिल्ला दिनमा आक्रामक रुपमा कोभिड खोप अभियान सञ्चालन गरेको भारतमा हालसम्म १५ करोड ७२ लाखलाई खोप दिइएको छ ।भारतमा कोभिडको दोस्रो लहरले पूरै देशमा संकटको अवस्था सिर्जना गरेको छ ।विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोनाभाइरस महामारीबाट विश्वभर कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ लाख १६ हजार नाघेको छ ।

कोभिडको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा ५ लाख ९१ हजार, ब्राजिलमा ४ लाख ७ हजार, भारतमा २ लाख १८ हजार, मेक्सिकोमा २ लाख १७ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २१ हजार, रसियामा १ लाख १० हजार, फ्रान्समा एक लाखको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बैंक अफ काठमाण्डूसहित १२ कम्पनीको उच्च शेयर माग, कुनको कति ? बैंक अफ काठमाण्डूसहित १२ कम्पनीको उच्च शेयर माग, कुनको कति ? १७ घण्टा पहिले
बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु २२ घण्टा पहिले
एचडियु सेवा सञ्चालन भएपछि संक्रमितलाई सहज एचडियु सेवा सञ्चालन भएपछि संक्रमितलाई सहज १४ मिनेट पहिले
दश कम्पनीको सर्किट लेभलमा कारोबार दश कम्पनीको सर्किट लेभलमा कारोबार २० घण्टा पहिले
राधी विद्युतसहित नौ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति कमाए ? राधी विद्युतसहित नौ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति कमाए ? २० घण्टा पहिले
ज्यानमारा भाइरसबाट गुल्मी र रुपन्देहीमा थप ११ जनाको मृत्यु ज्यानमारा भाइरसबाट गुल्मी र रुपन्देहीमा थप ११ जनाको मृत्यु १८ घण्टा पहिले
ट्राफिक व्यवस्थापनका लागि विभिन्न उपकरण तथा सामग्री हस्तान्तरण ट्राफिक व्यवस्थापनका लागि विभिन्न उपकरण तथा सामग्री हस्तान्तरण १७ घण्टा पहिले
तीन कम्पनीको सर्किट लेभलमा कारोबार, कुनको प्रतिकित्ता शेयरमूल्य कति ? तीन कम्पनीको सर्किट लेभलमा कारोबार, कुनको प्रतिकित्ता शेयरमूल्य कति ? २४ घण्टा पहिले