शनिबार , जेठ १, २०७८

प्रिमियर इन्स्योरेन्स गर्यो २८ करोड ९६ लाख मुनाफा, नेटवर्थ कति ?

प्रिमियर इन्स्योरेन्स गर्यो २८ करोड ९६ लाख मुनाफा, नेटवर्थ कति ?

१८ बैशाख, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा प्रिमियर इन्स्योरेन्सले मुनाफा बढेको छ । यस अवधिमा कम्पनीको मुनाफा ५२.०२ प्रतितशले बढेर २८ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले १९ करोड ४ लाख रुपैयाँ मात्रै मुनाफा आर्जन गरेको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यस अवधिमा इन्स्योरेन्सले ५९ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिमा तलुनानामा ११.४१ प्रतिशतले धेरै हो ।

चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३३ करोड ३९ लाख रुपैयाँ, बीमा कोषमा ८१ करोड ५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ३ करोड ९९ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३५.९४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २२०.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३५.८१ गुणा रहेको छ ।

चालु आर्थिक वर्षको नौ महिनासम्ममा इन्स्योरेन्सले १ लाख २३ हजार ५९९ वटा बीमालेख जारी गरी १ अर्ब ३८ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय