स्वास्थ्यकर्मीको गुनासो न जोखिम भत्ता छ,न स्वास्थ्यको सुरक्षा
नेपालबहस संवाददाता
बैशाख २०, २०७८ सोमबार १९:४९:५५
२० वैशाख,डोटी । कोरोना महामारीको समयमा अग्रपङ्तिमा खटिएको जोखिम भत्ता नपाएका कारण अहिलेको कोरोना नियन्त्रणका लागि खटिन जिल्लाका स्वास्थ्यकर्मीहरु डराउन थालेका छन् । जोखिम भत्ता नपाउदा कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा खटिन कठिन भएको उनीहरुको गुनासो रहेको छ ।
गतवर्षको कोरोना महामारीको समयमा अग्रपङ्तिमा काम गरेका जिल्लाका स्वास्थ्यकर्मीले अहिले सम्मपनि जोखिम भत्ता नपाएको गुनासो समेत गरेका छन् । उनीहरुले एक वर्षदेखि जोखिम भत्ता नपाएको भन्दै आक्रोस समेत गर्दै आएका छन् । गतवर्ष नै सरकारले पहिलो लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोस्रो लाइनमा खटिनेलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो । जिल्ला अस्पतालको आइसोलेसनमा लगातार तीन÷चार महिनासम्म खटिएका केही स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएपनि अन्य चिकित्सक र नर्स सहित ६० जनाले अहिले सम्म पनि जोखिम भत्ता नपाएको बताइएको छ ।
यसैगरी प्रयोगशालामा खटिने ६ जना तथा यहाँका नौवटै पालिकामा स्थापना भएका कोभिड अस्पतालका ५०० जना, १६ जना सवारी चालक र स्वास्थ्य कार्यालयका कार्यरत थप ३० गरी झण्डै ६०६ जनाले अहिलेसम्म भत्ता नपाएको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्यबहादुर विष्टले जानकारी दिए । उनका अनुसार गत वर्ष क्वारेन्टिन सञ्चालनमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीले पनि भत्ता पाएका छैनन् । जोखिम मोलेर काम गर्दा अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मी, केही एम्बुलेन्स चालक र सहयोगीलाई कोरोना संक्रमण समेत भएको थियो । उनीहरू अहिले नियमित खटिन डराएको परिवार नियोजन निरीक्षक विष्टले बताए । उनले भने, “न जोखिम भत्ता मिल्छ, न स्वास्थ्यको सुरक्षा छ, नडराएर के गर्नु त रु”
जोखिम भत्ताका लागि स्वास्थ्य मन्त्रालयसम्म पत्राचार गरे पनि भत्ता नआएको जिल्ला अस्पताल डोटीका कोरोना संक्रमण व्यक्ति तेजबहादुर शाहीले जानकारी दिए । उनले भने, “जोखिम भत्ताका लागि स्वास्थ्य मन्त्रालयसम्म पत्राचार गरियो, तर केहीको आयो केहीको अहिले सम्मपनि नआउदा समस्या भएको छ ।” जिल्ला अस्पताल सेवा विकास समितिले कोरोना जोखिममा खटिएका स्वास्थ्यकर्मी सहित अन्य कर्मचारीको सेवासुविधा तथा जोखिम भत्ताका लागि पहल गरिरहेको अध्यक्ष यज्ञराज जोशीले बताए । उनले भने, “कोरोना जोखिममा खटिएका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको जोखिम भत्ता देखि अन्य सेवा सुबिधाको विषयमा पहल भइरहेको छ, आउला भन्ने आशा गरेका छौँ ।”
जोखम भत्ता समेत नपाउने भएपछि यहाँका स्वास्थ्यकर्मीहरु अहिले पुनः कोरोना महामारीको बेलामा कसरी खटिने भन्ने चिन्तामा परेको जोरायल गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्दबहादुर विष्टले बताए । उनले भने, “आफ्नो ज्यान नै जोखिममा राखेर सेवामा खटिनु परेको छ, त्यसैमा झन सरकारले आफैले दिने निर्णय गरेको भत्ता नै दिँदैन कसरी सेवा दिन सक्नु ।”
पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमण बृद्धि हुने दर निकै बढेको छ । एक हप्ताको अवधीमा जिल्लामा कोरोना संक्रमित हुँनेको सङ्ख्या १३९ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । दुइ हप्ताको बिचमा जिल्लामा दुइ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ । दुइ नगरपालिका सहित सात वटा गाउँपालिका रहेको डोटीमा जिल्ला अस्पताल बाहेक अन्य पालिकाका स्वास्थ्य संस्थाहरुमा अहिले सम्मपनि क्वारेन्टिन तथा आइसोलेसन कक्षहरु निर्माण गरिएको छैन । पछिल्लो केही हप्ता यतादेखि कोरोना संक्रमण हुँने दर दैनिक बढ्दै गएको स्वास्थ्यकर्मीहरु बताउछन् । यहाँका प्रमुख शहर बजार भन्दा पनि ग्रमिण क्षेत्रमा रहेका नागरिकहरुमा बढी कोरोना संक्रमण हुँने दर देखिएको छ ।
भारतबाट रोजगारी गरी घर फर्किएका अधिकाँस यहाँका नागरिकहरु सिधै गाउँघरमा जाने तथा त्यहाँ उनीहरुले समुदायमा घुलमिल गर्नेक्रम बढेका कारण कोरोना संक्रमित हुँने दर बढ्दै गएको पाइएको हो । संक्रमित हुँनेहरु प्राय सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
मुख्यमन्त्री सोडारीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार
बैशाख १०, २०८१ सोमबार
सोडारीविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, राजनीतिक घटनाक्रमको विषयमा छलफल
बैशाख ११, २०८१ मंगलबार
चैत्र २७ मा मुख्यमन्त्री भएका कँडेलले बल्ल नियुक्त गरे एक जना मन्त्री
बैशाख १२, २०८१ बुधबार
म्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
लुम्बिनीका ७ जना मन्त्रीले पाए जिम्मेवारी
बैशाख १२, २०८१ बुधबार
बोलेरोको ठक्करबाट तीन युवकको मृत्यु
बैशाख १२, २०८१ बुधबार
दयाहाङ र मिरुनाको फिल्म 'घरज्वाइँ' को पोस्टर सार्वजनिक
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा सयभन्दा बढी घरमा सल्कियो आगो
बैशाख १२, २०८१ बुधबार