मंगलबार , जेठ ४, २०७८

बाँकेमा निषेधाज्ञा एक हप्ता बढाइयो

बाँकेमा निषेधाज्ञा एक हप्ता बढाइयो

२० बैशाख, बाँके । कोरोना संक्रमणको जोखिम बढेपछि बाँकेमा निषेधाज्ञा बढाइएको छ । वैशाख १३ गते रातिदेखि २० गते राति १२ बजेसम्मलाई जारी गरिएको निषेधाज्ञालाई बढाएर २७ गते राति १२ बजेसम्म पु¥याइएको हो ।

जिल्ला प्रशासन कार्यालय, बाँकेद्धारा सोमबार जारी सुचना अनुसार संक्रमण फैलावटको साङ्लो तोड्न ९चेन ब्रेक० गर्न १३ गते रातिदेखि निषेधाज्ञा गरिएकोमा संक्रमण दरमा अझै कमी नआएकाले निषेधाज्ञा बढाइएको जनाइएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

स्थानीय प्रशासनले सुरुमा नेपालगञ्ज उपमहानगरपालिकाभित्रमात्रै वैशाख ९ गतेदेखि १५ गते रातिसम्मका लागि निषेधाज्ञा लगाएको थियो । संक्रमण बढेपछि १३ गते रातिदेखि जिल्लाभरि बनाइएको थियो । अहिलेसम्म बाँकेमा मात्रै १ सय ३७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय