मंगलबार , जेठ ४, २०७८

अप्रिलमा नेपाल भित्रिए २२ हजार विदेशी पर्यटक

अप्रिलमा नेपाल भित्रिए २२ हजार विदेशी पर्यटक

२० वैशाख,काठमाडौं । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

अध्यागमन विभागले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्याङ्कअनुसार एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै विभिन्न १४४ देशबाट २२ हजार ४५० विदेशी नेपाल भित्रिएका छन् । त्यसमा १७ हजार ५९४ पुरुष, चार हजार ८१९ महिला र ३७ अन्य नागरिक नेपाल भित्रिएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

विभागको तथ्याङ्कअनुसार एक महिनामा सबैभन्दा धेरै भारतबाट १३ हजार २०२ भारतीय पर्यटक नेपाल भित्रिएका छन् । त्यसमा ११ हजार ८०४ पुरुष, एक हजार ३६२ महिला र ३६ जना अन्य नागरिक रहेका छन् । यसैगरी चीनबाट ८०३ पर्यटक नेपाल भित्रिएका छन् । सोमा ६६५ पुरुष र १३८ महिला छन् ।

गत जनवरीमा आठ हजार ८७४ र फेबु्रअरीमा नौ हजार १४६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यस्तैगरी गत मार्चमा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी एक महिनामा १७ हजार ५७७ विदेशी पर्यटक स्वदेश फर्किएका छन् । सोमा १३ हजार ८०४ पुरुष, तीन हजार ७४७ महिला र २६ जना अन्य नागरिक रहेका छन् ।

एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ५८ हजार ४४९ नेपाली स्वदेश फर्किएका छन् । त्यसमा ४८ हजार ७९९ पुरुष, नौ हजार ६४६ महिला र चार अन्य नागरिक छन् । यस्तै एक महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै ५१ हजार ७७५ नेपाली विदेशिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

तेह्र भूमिहीन भूकम्पपीडितलाई लालपुर्जा तेह्र भूमिहीन भूकम्पपीडितलाई लालपुर्जा २० घण्टा पहिले
कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसंग आग्रह कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसंग आग्रह २० घण्टा पहिले
फेरि कृषि विकास बैंकले ४ अर्बको ऋणपत्र जारी गर्ने, ब्याजदर कति ? फेरि कृषि विकास बैंकले ४ अर्बको ऋणपत्र जारी गर्ने, ब्याजदर कति ? २० घण्टा पहिले
अझ केही सातासम्म कोरोनाको उच्च जोखिम कायमै अझ केही सातासम्म कोरोनाको उच्च जोखिम कायमै १४ घण्टा पहिले
कोरोना संक्रमित पत्रकारलाई घरमै स्वास्थ्य सेवा कोरोना संक्रमित पत्रकारलाई घरमै स्वास्थ्य सेवा १६ घण्टा पहिले
कोरोनाले नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य लक्ष्मण बस्नेतको निधन कोरोनाले नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य लक्ष्मण बस्नेतको निधन १८ घण्टा पहिले
संसदकाे सार्वजनिक लेखा समितिको निर्देशन अटेर गर्दै सेना संसदकाे सार्वजनिक लेखा समितिको निर्देशन अटेर गर्दै सेना १३ घण्टा पहिले
राजधानीमै इन्टरनेटको पैसा तिरेको बिल पाउँदैनन् ग्राहक राजधानीमै इन्टरनेटको पैसा तिरेको बिल पाउँदैनन् ग्राहक १६ घण्टा पहिले