लमजुङमा ९० प्रतिशत विद्यालय पुनर्निर्माण
नेपालबहस संवाददाता
बैशाख २०, २०७८ सोमबार २१:५३:५७
२० वैशाख,लमजुङ । गोरखा भूकम्प गएको छ वर्षको अवधिमा यहाँ ९० प्रतिशत विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १५६ वटा विद्यालयमध्ये १०६ वटा विद्यालयका भवन पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।
एकाइका प्रमुख अशोक पराजुलीले जिल्लामा १० प्रतिशत अर्थात् ५७ वटा विद्यालय भवन मात्र पुनर्निर्माण गर्न बाँकी रहेको जानकारी दिए । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/२०७७ मा २२ वटा, आव २०७५÷७६ ६८ वटा, आव २०७४÷७५ मा आठ वटा र आव २०७३/२०७४ मा ८ वटा विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएको थियो ।
जिल्लामा ६९ शौचालय पुनर्निर्माण गर्नुपर्नेमध्ये ४० शौचालय पुनर्निर्माण भएको छ भने २९ शौचालय निर्माणाधीन रहेको छ । त्यस्तै ३६ वटा खानेपानी पुनर्निर्माण गर्नुपर्नेमध्ये पाँच खानेपानी धारा सम्पन्न भएको र २९ वटा खानेपानी निर्माणाधीन रहेका छन् । ती निर्माणाधीन सबै योजना यस चालू आर्थिक वर्षको असार महिनाभित्रै सम्पन्न गर्दै विद्यालय पुनर्निर्माणको कार्य सम्पन्न गर्ने एकाई प्रमुख पराजुलीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
गण्डकी प्रदेश प्रमुख भट्टले वैशाख ७ मा बोलाए अधिवेशन
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार