मंगलबार , जेठ ४, २०७८

मेगा बैंकले ल्यायो ग्रिन बुटी ब्राण्डको म्याट्रेस किन्ने सुविधा

मेगा बैंकले ल्यायो ग्रिन बुटी ब्राण्डको म्याट्रेस किन्ने सुविधा

२० वैशाख, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बैंकको क्रेडिट कार्ड बोक्ने ग्राहका लागि ग्रिनबुटी ब्राण्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दीको सुविधा ल्याएको छ ।

बैंकले आईबोस ग्लोबल लाइफ इन्टरनेशनलसँग गत शुक्रबार भएको सम्झौता अनुसार किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

बैंकका कार्डवहाकले भौतिक रुपमा तथा आईबोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्नेछन् । यसरी किस्ताबन्दीमा खरिद गरेबापत बैंकको ब्याज निःशुल्क गरिएको छ भने कूल मूल्यको शतप्रतिशतसम्म फाइनान्सिङको सुविधा उपलब्ध गरिएको जानकारी दिइएको छ ।

आईबोस ग्लोबल लाइफ इन्टरनेशनल उत्कृष्ट म्याट्रेस उत्पादन गरिरहेको नेपाली कम्पनी हो । आईबोसले ग्रीन बुटी ब्राण्डका ८० हजारदेखि डेढ लाख रुपैंयासम्मका म्याट्रेस उत्पादन गरिरहेको छ ।

कार्डवहाकहरुलाई छ महिना तथा एक बर्ष गरी दुई वटा किस्ताबन्दीको सुविधा दिइएको मेगा बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय