मंगलबार , जेठ ४, २०७८

गण्डकी र सुदूरपश्चिमका शेरचन र पन्त अपदस्थ, नयाँ प्रदेश प्रमुखमा पौडेल र यादव

गण्डकी र सुदूरपश्चिमका शेरचन र पन्त अपदस्थ, नयाँ प्रदेश प्रमुखमा पौडेल र यादव

२० बैशाख, काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिको सिफारिस गरेको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यी दुबै प्रदेशका प्रदेश प्रमुख फेर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले गण्डकीका अमिक शेरचनलाई हटाएर सीता पौडेल र सुदूरपश्चिममा शर्मिला पन्त त्रिपाठीलाई हटाएर गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखको नियुक्तिको सिफारिस गरेको छ । उनीहरुले आज नै राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिने बताइएको छ । राष्ट्रपति कार्यलय स्रोतका अनुसार शपथ ग्रहणको तयारी भइरहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसअघि २०७६ कात्तिकमा सरकारले सातै वटा प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेको थियो। त्यतिबेला प्रदेश २, गण्डकी र सुदूरपश्चिममा माओवादी केन्द्र निकटकालाई नियुक्त गरिएको थियो। तर, नेकपा विभाजन भएसँगै प्रदेश-२ का प्रदेश प्रमुख तिलक परियारलाई भने पदमुक्त गरी राजेश झालाई जिम्मेवारी दिइएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय