एक लाख बराबरको आइएनएस सम्मान पुरस्कार स्थापित
नेपालबहस संवाददाता
बैशाख २०, २०७८ सोमबार २३:७:१६
२० वैशाख,काठमाडौं । अन्तरराष्ट्रिय नेपाली समाजले नेपाली भाषा, साहित्य र कला क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वलाई हरेक वर्ष रू एक लाख बराबरको आइएनएस सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।
समाजले भर्चुअलरुपमा आयोजना गरेको विश्व नेपाली साहित्य सम्मलेनको घोषणापत्र २०२१ मा स्रष्टाको स्तरीय कृतिलाई प्रकाशन गर्न प्रोत्साहन गर्ने र त्यस्ता कृतिलाई अन्तरराष्ट्रियकरण गर्नेस मानवीय मूल्यमान्यताको संरक्षण, सम्बर्धन र प्रवर्धनका लागि धर्म र संस्कृतिको रक्षा गर्ने एवम् सामाजिक कुप्रथा अन्त्य गर्न साहित्यमार्फत सचेत गराउँदै लानेलगायत १६ बुँदा छन् ।
यस्तै नेपाली समाजमा व्याप्त लैङ्गिक विभेदको अन्त्यका लागि कला–साहित्य सिर्जना एवम् विचारविमर्श गर्ने, मातृभाषा एवम् लोपोन्मुख भाषाको अभिलेखीकरण एवं साहित्य लेखनलाई प्रोत्साहन गर्ने गजल विधा लेखनमा बहर र गैरबहरबीच बहस, विचारविमर्श गर्दै विद्यालय एवम् विश्वविद्यालयका विभिन्न तहमा एउटा छुट्टै विषयका रूपमा पठनपाठनमा समावेश गराउन पहल गर्ने, नेपाली भाषा तथा साहित्यमा कलम चलाउने प्रवासी नेपाली स्रष्टालाई समेत अन्तरविश्वविद्यालय स्तरीय विचारविमर्श र विभिन्न विधागत प्रतियोगितामा प्रतिस्पर्धा गराउने, भाषा आयोग, नेपाल प्रज्ञा– प्रतिष्ठानस विश्वविद्यालय र नेपाली मूलका प्रवासीद्वारा सञ्चालित संघसंस्थासंँग समन्वय गर्ने घोषणा पनि गरिएको छ ।
समाजका अध्यक्ष अर्जुन घिमिरेका अध्यक्षतामा भएको सम्मेलनले अन्तरराष्ट्रियस्तरमा नेपाली र नेपालका विश्वविद्यालयमा विदेशी मूलका प्रमुख भाषासाहित्यलाई तुलनात्मक अध्ययनका रूपमा अध्ययन–अध्यापन गराउन अनुरोध गर्ने, विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा प्रवासी नेपालीले लेखेको सिर्जना समावेश गराउनका साथै विषयविज्ञताका आधारमा स्रोत व्यक्तिका रूपमा सहभागी गराउन तथा विभिन्न विश्वविद्यालयको दर्शनाचार्य वा सीधै विद्यावारिधिको अध्यापन गराइने स्तरमा लोकसाहित्यलाई विषयका रूपमा समावेश गराउन पहल गर्नेस एथ्नोग्राफी ९डिजिटल सहित०, फेनोमेनोलोजी, वर्णनात्मक आदि जस्ता अनुसन्धान पद्धतिका विधिलाई पनि नेपाली साहित्यको अध्ययनमा संलग्न गराउन प्रोत्साहन गर्ने समाजले निर्णय गरेको समाजका नेपाल संयोजक डा जानुका नेपालले जानकारी दिए ।
यस्तै प्रवासी नेपालीलाई समेटेर सरकारी एवम् गैरसरकारी रेडियो वा टेलिभिजनबाट नियमित नेपाली तथा मातृभाषा साहित्यसम्बन्धी कार्यक्रम गर्ने, गराउने लामो समयदेखि सिर्जना गर्दै आएका साहित्य एवम् कलाका क्षेत्रमा समर्पित सर्जकलाई राज्यका तर्फबाट विशेष सेवा सुविधाका लागि पहल गर्ने, विश्वव्यापीरूपमा देखा परेको जलवायु परिवर्तन र यसले पारिरहेको प्रभावबारे अध्ययन तथा सिर्जना गर्ने स्रष्टा–अध्येतालाई प्रोत्साहन गर्ने, कुनै एक लोपोन्मुख भाषाको अभिलेखीकरण गर्न विद्वत्वृत्ति प्रदान गर्नेलगायत विषय घोषणापत्रमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
कस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार