जातिराभ स्मृति प्रतिष्ठानद्वारा एकल महिलालाई सहयोग
नेपालबहस संवाददाता
बैशाख २०, २०७८ मंगलबार ०:४५:५४
२० वैशाख,काठमाडौं । कर्मयोगी दम्पति जलपादेवी भट्टराई र तिलकराम भट्टराईका सन्ततिहरुद्वारा उनीहरुको स्मृतिमा स्थापित ‘जातिराभ स्मृति प्रतिष्ठान’ले असहाय, निसन्तान एकल महिला जानुकादेवी भट्टराईलाई रु एक लाख नगदबाट सम्मान गरेको छ ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका–३ बल्कोट जोरापोखारमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले भट्टराईलाई दोसल्ला ओढाई रु एक लाख नगदबाट सम्मान गरेको प्रतिष्ठानका सदस्य एवं पूर्वराजदूत दिनेश भट्टराईले जानकारी दिए । कार्यक्रममा अध्यक्ष पोखरेलले यस प्रकारको अक्षयकोष स्थापना गरी मानवसेवाको कार्यले समाजमा नयाँ सन्देश प्रवाह गर्ने बताएका थिए ।
प्रतिष्ठानले हरेकवर्ष असहाय, निसन्तान, एकल ज्येष्ठ नागरिक, आर्थिक अभाव भएका छात्रछात्रामध्येबाट गाउँ पालिकाको सम्मतिमा कुनै एक जनालाई सम्मान प्रदान गर्न रु दश लाखको अक्षयकोषको स्थापना गरेको छ । कार्यक्रममा गाउँ पालिकाका उपाध्यक्ष तुलसादेवी श्रेष्ठले, वडाध्यक्षद्वय राजेश पन्थी र अशोक श्रेष्ठ, स्थानीय समाजसेवी चक्रपाणी खनाल, गाउँपालिकाका सचिव अच्युत भट्टराईलगायतले प्रतिष्ठानको सहयोगको प्रशंसा गर्दै यस्ता कार्यले समाजमा प्रेरणा मिल्ने बताएका थिए ।
कार्यक्रममा प्रतिष्ठानका सभापति एवं जलपा–तिलकरामका जेठा छोरा नारायण भट्टराईले सङ्कलित अक्षयकोश तथा प्रतिष्ठानको उद्देश्य, कार्यक्षेत्र र नियमनबारे प्रकाश पारेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
संस्कृति संरक्षण गर्न दलित समुदायलाई नौमती बाजा
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङ भिड्दै
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आजको राशिफल कस्तो छ ?
बैशाख ८, २०८१ शनिबार
आजको मौसमः कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने
बैशाख ८, २०८१ शनिबार