शनिबार , जेठ १, २०७८

पार्टी कार्यालयमै अस्पताल बनाउन नुवाकोट कांग्रेसको प्रस्ताव

पार्टी कार्यालयमै अस्पताल बनाउन नुवाकोट कांग्रेसको प्रस्ताव

२० बैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम भएपछि कांग्रेसको पार्टी कार्यालयमै अस्पताल बनाउन नुवाकोट कांग्रेसको प्रस्ताव गरेको छ । नेपाली कांग्रेस नुवाकोटले कोभिड– १९ संक्रमितहरूले उपचार नपाउने अवस्था सिर्जना भएको भन्दै आफ्नो कार्यालयमा अस्थायी कोभिड अस्पताल बनाउन प्रस्ताव गरेको हो ।

जिल्ला सभापति जगदीशनरसिंह केसीले कोरोनाको नयाँ भेरियन्टसहितको संक्रमण बढेर महामारी फैलिएका वेला जनताको स्वास्थ्योपचारका लागि सरकारले व्यवस्थापन गर्न नसकेको भन्दै कांग्रेसको पार्टी कार्यालयमै अस्पताल बनाउन आग्रह गरेको बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

स्वास्थ्यजस्तो जनताको मौलिक अधिकार पनि तीनै तहका सरकारले व्यवस्थापन गर्न नसक्नु योभन्दा लाचारीपन केही हुन सक्दैन,’ सभापति केसीले भने, ‘संक्रमितको उपचारका लागि विदुरस्थित पार्टी कार्यालय रहेको नवनिर्मित भवनमा १२० शय्याको कोभिड अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई अनुरोध गर्दछु ।’ सभापति केसीले जिल्लामा संक्रमितको संख्या बढेर अस्पतालमा बेड अभाव भएको गुनासो आउन थालेकाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए ।

‘नुवाकोटका नागरिकको जीवनरक्षाका लागि कांग्रेस नुवाकोट हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ, हरबखत हरपल कांग्रेस सधैँ जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ केसीले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नुवाकोटका हरेक स्थानीय तहमा अक्सिजन सहितको आइसोलेसन केन्द्र नुवाकोटका हरेक स्थानीय तहमा अक्सिजन सहितको आइसोलेसन केन्द्र १ दिन पहिले
राष्ट्रियसभा सदस्य उम्मेदवारलाई चुनाव चिन्ह प्रदान राष्ट्रियसभा सदस्य उम्मेदवारलाई चुनाव चिन्ह प्रदान ३ दिन पहिले
बोटलर्स नेपाल (तराई) कम्पनीको शेयरमा सकारात्मक सर्किट, प्रतिशेयरमूल्य १० हजार नाघ्यो बोटलर्स नेपाल (तराई) कम्पनीको शेयरमा सकारात्मक सर्किट, प्रतिशेयरमूल्य १० हजार नाघ्यो ४ दिन पहिले
काठमाडौं उपत्यकामा चेम्बरले एम्बुलेन्स सेवा दिने काठमाडौं उपत्यकामा चेम्बरले एम्बुलेन्स सेवा दिने ६ दिन पहिले
निषेधाज्ञामा थप कडाइ: अब बिहान १० बजेसम्म पसल खोल्न पाइने, निर्माण कार्य निषेधाज्ञामा थप कडाइ: अब बिहान १० बजेसम्म पसल खोल्न पाइने, निर्माण कार्य ४ दिन पहिले
बिदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई दुई थान भेन्टिलेटर उपलब्ध बिदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई दुई थान भेन्टिलेटर उपलब्ध ९ घण्टा पहिले
काठमाडौं उपत्‍यकामा ३९२७ जनामा संक्रमण काठमाडौं उपत्‍यकामा ३९२७ जनामा संक्रमण ४ दिन पहिले
रुकुम पूर्वमा यस वर्ष गहुँ उत्पादन घट्यो रुकुम पूर्वमा यस वर्ष गहुँ उत्पादन घट्यो ३ दिन पहिले