मंगलबार , जेठ ४, २०७८

आजदेखि मध्य–भोटेकोशीको आईपीओ बिक्रीमा

आजदेखि मध्य–भोटेकोशीको आईपीओ बिक्रीमा

२१ बैशाख, काठमाडौं । आज बैशाख २१ गतेदेखि मध्य भोटेकोशी जलविद्युत आयोजनाले आईपीओ निष्कासन बिक्री खुल्ला गरेको छ । कम्पनीले स्थाननिय आयोजना प्रभावित वासिन्दाको लागि आईपीओ निष्कासन खुल्ला गरेको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल शेयरमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ। बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

निष्काशन बन्द छिटोमा जेठ ४ गते हुनेछ भने ढिलोमा जेठ २० गते हुनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतामा ४०० कित्ताका लागि आवेदन दिनुपर्नेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

ipo

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय