मंगलबार , जेठ ४, २०७८

४५ जिल्लामा निषेधाज्ञा जारी

४५ जिल्लामा निषेधाज्ञा जारी

२१ बैशाख, काठमाडौं । निषेधाज्ञा लगाइएका जिल्लाहरुको संख्या ४५ पुगेको छ । दोस्रो लहरको कोरोना संक्रमण फैलँदै गएपछि सरकारले निषेधाज्ञा लगाउन सुरु गरेको हो । सरकारले  कोरोना रोकथामका लागि पहाडी तथा तराईका जिल्लामा पाँच सय सक्रिय सङ्क्रमित पुगेपछि र हिमाली जिल्लामा दुई सय सक्रिय सङ्क्रमित पुगेपछि निषेधाज्ञा लगाउने व्यवस्था गरेको छ ।

आजदेखि थप नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा सुरु भएको गृह मन्त्रालयले जनाएको छ । यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । बाजुरा र महोत्तरीमा भोलिदेखि निषेधाज्ञा सुरु हुँदै छ । झापा र सुनसरीमा गाडीमा जोरबिजोर प्रणाली लागू भएको छ

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

काठमाण्डौ उपत्यकाका बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई थप कडा बनाउन आवागमन नियन्त्रणसम्बन्धी आदेश समेत जारी गरिने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय