मंगलबार , जेठ ४, २०७८

विभाजनको डिलमा जसपा, आफ्नै शीर्ष नेताको तानातानमा सांसद  

विभाजनको डिलमा जसपा, आफ्नै शीर्ष नेताको तानातानमा सांसद  

२१ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरु आफ्नै शीर्ष नेताको तानातानमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेपछि आफ्नो पक्षमा बहुमत जुटाउन जसपाका  दुवै पक्ष सक्रिय भएसँगै जसपा सांसदहरु तानातानमा परेका हुन ।  दुवै पक्षका शीर्ष नेताहरू सोमबारदेखि आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यसँग निययमित बैठकमा रहेका छन् । आफूनिकट सांसदलाई अर्को कित्तामा जान नदिन दुवै पक्षका शीर्ष नेता सक्रिय देखिएका छन्।

दुवै पक्षले आफूनिकट सांसदको हस्ताक्षर संकलन गर्ने तयारी गरेको छन् । त्यसो त महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यलाई तत्काल काठमाडौं बोलाएको छ भने काठमाडौंमा रहेका सांसद तथा कार्यकारिणी समिति सदस्यलाई बाहिर नजान निर्देशन गरेको छ। यो पक्षले आज आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यहरूसँग अनौपचारिक छलफल गर्ने भएको छ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

पूर्वराजपाका एक सांसद महेन्द्र यादव पनि कित्ता परिवर्तन गरी भट्टराई–यादव खेमामा पुगेका छन्। भट्टराई–यादव खेमा कुनै पनि अवस्थामा केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने लाइनमा छ भने ठाकुर–महतो खेमा सरकारविरोधी गठबन्धनमा सहभागी नहुने सहमति ओलीसँग गरेको छ।

ठाकुर पछिल्लो समय प्रधानमन्त्री ओलीसँग नियमित सम्पर्कमा रहेका छन् । प्रधानमन्त्री ओलीलाई ठाकुरकै भर रहेको छ ।  सरकारले जसपाका माग सम्बोधन गर्न प्रक्रिया अघि बढाइरहेका बेला ओलीलाई नै विश्वासको मत दिने उनेल प्रष्ट पारेका छन ।  भट्टराई र यादव ओली सरकार ढाल्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफलमा छन्। प्रधामन्त्रीलाई विश्वासको मत दिने विषयलाई लिएर त्यस भन्दा अघि वा त्यो भन्दा पछि जसपा विभाजित हुने निश्चित जस्तो देखिएको छ।

प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन्। तीमध्ये दुईजना हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा परेका छन्। बाँकी ३२ सांसदमध्ये पूर्वराजपाका र पूर्वसमाजवादीका १६–१६ सांसद छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

डोटीको सेती सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने डोटीको सेती सभागृहलाई अस्थायी कोरोना अस्पताल बनाइने १८ घण्टा पहिले
कोभिडविरूद्धको भेरोसेल खोप लगाउँदै नागरिक कोभिडविरूद्धको भेरोसेल खोप लगाउँदै नागरिक २० घण्टा पहिले
कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसंग आग्रह कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसंग आग्रह २० घण्टा पहिले
कोभिड महामारीमा सामाजिक संजाल बढी प्रयोग गर्नेहरु मनोत्रासको शिकार कोभिड महामारीमा सामाजिक संजाल बढी प्रयोग गर्नेहरु मनोत्रासको शिकार २४ घण्टा पहिले
वाग्मतीका सबै अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न मुख्यमन्त्रीको निर्देशन वाग्मतीका सबै अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न मुख्यमन्त्रीको निर्देशन २१ घण्टा पहिले
कार्यदलकाे नेतृत्वकर्ता नेता रावलको आँखामा समस्या, बैठक अनिश्चित कार्यदलकाे नेतृत्वकर्ता नेता रावलको आँखामा समस्या, बैठक अनिश्चित २१ घण्टा पहिले
निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७३१७ जनालाई होल्डमा राखी छाडिएको निषेधाज्ञा उल्लंघन गरी हिँड्ने ७३१७ जनालाई होल्डमा राखी छाडिएको १६ घण्टा पहिले
अस्पतालमा आइसोलेशन विस्तारको तयारी अस्पतालमा आइसोलेशन विस्तारको तयारी २० घण्टा पहिले