आइतबार , जेठ २, २०७८

लाभांश पारित गर्न हिमालयन जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा

लाभांश पारित गर्न हिमालयन जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा

२१ बैशाख, काठमाडौं । लाभांश पारित गर्न हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले जेठ २८ गते २७ औं वार्षिक साधारण बोलाएको छ । कम्पनीको गत वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय थापागाउँ, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ ।

सभाले प्रस्तावित कुल ६ दशमलव ७५ प्रतिशत लाभांश पारित गर्दै गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नेछ कम्पनीले आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कम्पनीको फागुन ३ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी  १ अर्ब ६ करोड ८२ लाख ८८ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

गत वर्ष ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ७५ प्रतिशत नगद लाभांशसहित ७ दशमलव ७५ प्रतिशत लाभांश दिएको कम्पनीले यस वर्ष १ प्रतिशत कम लाभांश दिन लागेको हो । सभाले प्राप्ति तथा मर्जर प्रक्रिया आवश्यक भएमा सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ ११ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउन पत्रकार महासंघकाे आग्रह राज्यको सम्पूर्ण शक्ति कोरोना नियन्त्रणमा लगाउन पत्रकार महासंघकाे आग्रह ६ घण्टा पहिले
नेपालमा उपचारको अभावमा धेरै संक्रमितको मृत्यु नेपालमा उपचारको अभावमा धेरै संक्रमितको मृत्यु १७ घण्टा पहिले
काठमाडौंले जित्यो पहिलो संस्करणको सुपर लिगको उपाधि काठमाडौंले जित्यो पहिलो संस्करणको सुपर लिगको उपाधि ४ घण्टा पहिले
सांग्रिला डेभलपमेन्ट बैंक कार्यालयमा डिजिटल लिड डिस्प्ले जडान सांग्रिला डेभलपमेन्ट बैंक कार्यालयमा डिजिटल लिड डिस्प्ले जडान ८ घण्टा पहिले
तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक ९ घण्टा पहिले
सुदूरपश्चिममा आगामी दशैँसम्म खान पुग्ने नून छ ! सुदूरपश्चिममा आगामी दशैँसम्म खान पुग्ने नून छ ! ५ घण्टा पहिले
तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी तीन स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी ६ घण्टा पहिले
पूर्वराजाले दिए शुभचिन्तक तथा आफ्नाे उपचारमा खटिने डाक्टर र नर्सलाई धन्यवाद पूर्वराजाले दिए शुभचिन्तक तथा आफ्नाे उपचारमा खटिने डाक्टर र नर्सलाई धन्यवाद ११ घण्टा पहिले