मंगलबार , जेठ ४, २०७८

आशा लघुवित्तको मुनाफा २६७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

आशा लघुवित्तको मुनाफा २६७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

२१ बैशाख, काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मुनाफा बढाउन सफल भएको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ९० लाख रुपैयाँ मुनाफा गरेको थियो । चालु आर्थिक वर्षको सोहि अवधिमा लघुवित्तले १० करोड ६७ लाख रुपैयाँ मुनाफा गरेको छ । जुन गत वर्षको तुलनामा २६७ प्रतिशतले धेरै हो।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

लघुवित्तको खुद ब्याज आम्दानी ७८ प्रतिशतले बढेको छ भने सञ्चालन आम्दानी ५५ प्रतिशतले बढेको छ जसले गर्दा लघुवित्तको नाफा बढ्न टेवा पुगेको देखिन्छ।

समीक्षा अवधिमा १५ प्रतिशतले पूँजी बढाएको लघुवित्तको प्रतिशेयर आम्दानी पनि १६ रुपैयाँबाट बढेर ५३ रुपैयाँ पुगेको छ। उसको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ रहेको छ। लघुवित्तको निक्षेप र कर्जा लगानी क्रमशः ६३ प्रतिशत र ६० प्रतिशतले बढेको छ भने खराब कर्जा पनि घटेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय