संक्रमण बढेसँगै काभ्रेमा आइसोलेशन सङ्ख्या बढाइँदै
नेपालबहस संवाददाता
बैशाख २१, २०७८ मंगलबार १७:१६:५२
२१ वैशाख,काभ्रेपलाञ्चोक । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण १०६ मा पुष्टि भयो । अघिल्लो दिन ४१ संक्रमित थिए । तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकमा शनिबार ९७ र शुक्रबार ६९ थपिए भने बिहीबार ४५ मा कोरोना संक्रमण देखियो ।
जिल्लामा कोरोना संक्रमणदर बढ्दो छ । हाल जिल्लाका कूल ५५५ संक्रमितमध्ये बनेपा नगरपालिकामा १७७, पनौतीमा १३२, धुलिखेलमा १२९, पाँचखालमा ४७, नमोबुद्धमा २१, मण्डनदेउपुरमा १६ तथा रोशी गाउँपालिकामा सात, चौँरीदेउरालीमा तीन, तेमालमा चार र भुम्लु छ, खानीखोलामा दुई, बेथानचोकमा आठ र महाभारत गाउँपालिकामा तीन सक्रिय संक्रमित रहेका छन् । सबैभन्दा बढी बनेपा नगरमा ३१ दशमलव ८९ प्रतिशत संक्रमित रहेका छन् ।
हालसम्म जिल्लाका ५० कोरोना संक्रमितको मृत्यु भएको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसीसीएमसी०ले जनाएको छ । “संक्रमण समुदायमा फैलिएकाले दिनानुदिन सङ्ख्या बढ्ने आँकलन गरिएको केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । “कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकतामा राखेका छौँ”, उनले भने । केही दिनदेखि संक्रमणदर दोब्बर हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले प्रमुख शहरलगायत दुई राष्ट्रिय राजमार्गमा सिमाङ्कन गरी सोमबारदेखि निषेधाज्ञा जारी गरेको छ । सरकारको कोरोना ‘रेड जोन’का २२ जिल्लामध्ये काभ्रेपलाञ्चोक पनि हो ।
यसैबीच कोरोना संक्रमणदर बढ्दै गएपछि जिल्लाको चार स्थानीय तहले अक्सिजनसहितको आइसोलेशन सञ्चालनमा ल्याएका छन् । १३ तहमध्ये बाँकी तहले पनि आइसोलेशन व्यवस्थित गर्दैछन् । केन्द्रले हप्ताअघि सबै तहलाई अक्सिजनको थप सुविधासहित आइसोलेशनलाई पूर्ववत् अवस्थामा राख्न आग्रह गरे पनि कसैले चासो दिएका थिएनन् । केही दिनदेखि संक्रमितको सङ्ख्या बढ्दै गएपछि पाँचखाल नगरले गत शुक्रबार १५, बनेपा नगरले आइतबार ५० तथा नमोबुद्ध नगर र रोशी गाउँपालिकाले सोमबारदेखि संयुक्तरूपमा पछि २५ शय्या थप्ने गरी नमोबुद्धको भकुण्डेमा २५ शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएका छन् ।
बनेपाले भने ५० मध्ये चार शय्यामा मात्रै हाल अक्सिजन सेवा उपलब्ध गराइएको नगर उपप्रमुख रेखा दाहालले जानकारी दिइन् । पनौती र धुलिखेल नगरमा केही दिनभित्रै आइसोलेशन सञ्चालनमा ल्याउने जनाइएको छ । दोस्रो लहरको संक्रमणको तीन साता बितिसक्दा काभ्रेपलाञ्चोकमा पनि नौ स्थानीय तहले आइसोलेशन व्यवस्थापनमा आलटाल गरिरहेको देखिन्छ । बनेपास्थित शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालले भने हप्ताअघि नै आइसोलेशन व्यवस्थित गरी सेवा दिइरहेका छन् ।
सम्भावित जोखिमलाई मध्यजर गर्दै आइसोलेशन व्यवस्थित गर्नुपर्नेमा संक्रमित सङ्ख्या न्यून रहेको जनाउँदै आठ तहले बेवास्ता गरेका छन् । “दुई जना त संक्रमित छन्, आइसोलेशन बनाउँदै जाउँला नि”, खोनीखोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले भने। गत वर्ष काभ्रेपलाञ्चोकका सबै स्थानीय तह सबैले आवश्यकताअनुसार क्वारेन्टिन निर्माण गरेका थिए । बनेपा र धुलिखेल नगरले ५० शय्या, पाँचखालले सात, पनौतीले छ र नमोबुद्ध नगरले छ शय्याको आइसोलेशन कक्ष व्यवस्थित गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहानगरका महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर
बैशाख ४, २०८१ मंगलबार
वैशाख १९ गतेदेखि कामपाले एक महिने ‘सीप मेला’ आयोजन गर्ने
बैशाख ४, २०८१ मंगलबार
वन्यजन्तु सप्ताहः सामुदायिक वनमा चरा अवलोकन
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एउटै बोटमा दुई रङको लालीगुराँस
बैशाख ६, २०८१ बिहिबार
भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
चितवनका भित्री सडकमा दुर्घटना बढी
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा तमानखोला ओझेलमा
बैशाख ६, २०८१ बिहिबार
शोभायात्रा भएको घटनालाई लिएर राष्ट्रिय एकता अभियानले जनायो आपत्ति
बैशाख ६, २०८१ बिहिबार