मंगलबार , जेठ ४, २०७८

मर्जर पश्चात खुलेको समता घरेलु लघुवित्तको शेयरमूल्य १० प्रतिशतले वृद्धि, प्रतिशेयरमूल्य कति ?

मर्जर पश्चात खुलेको समता घरेलु लघुवित्तको शेयरमूल्य १० प्रतिशतले वृद्धि, प्रतिशेयरमूल्य कति ?

२१ बैशाख, काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले वृद्धि भएको छ ।

शेयर मूल्य प्रतिकित्ता ६०५ रुपैयाँ पुगेको हो । यो समाचार तयार पार्दाको समय ११ः ४० बजेसम्ममा कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

samata

मार्केट डेप्थमा हेर्दा ५ लाख ९ हजार ३१४ कित्ता खरीद अर्डर छ भने विक्रेता शून्य रहेको छ ।

samata market

 

साविकको समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएपछि सोमबार नेप्सेमा शेयर सूचीकृत गरेको हो ।

मर्जरपछि बनेको समता घरेलु लघुवित्तको नाममा कम्पनीको २८ लाख ५६ हजार २०१.६० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससंगै मर्जर प्रयोजनका लागि रोक्का रहेको कम्पनी शेयर दोस्रो बजारमा सोमबारदेखि कारोबारको लागि फुकुवा भएको छ । मंगलबार आजदेखि कारोबार सुरु भएको लघुवित्तको पहिलो दिन शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय