मंगलबार , जेठ ४, २०७८

ग्राण्डी अस्पतालमा अब टेलिपरामर्श सेवा

ग्राण्डी अस्पतालमा अब टेलिपरामर्श सेवा

२१ वैशाख,काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले ‘टेलिपरामर्श सेवा’ शुरु गरेको छ । ग्राण्डीले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोभिड–१९ को विषम परिस्थितिमा संक्रमण भएर होमआइसोलेशनमा रहेका तथा कोभिड नभएका दुवैखाले बिरामीलाई लक्ष्य गरेर टेलिपरामर्श सेवा सुरु गरेको हो ।

अस्पतालका महाप्रबन्धक विकासमान सिंहले कोभिड संक्रमण भएर होमआइसोलेशनमा बसेका तथा कोभिड नभएका दुवै खालका बिरामीलाई अनलाइनमार्फत विशेषज्ञ चिकित्सकीय परामर्श दिनका लागि उक्त सेवा शुरु गरिएको जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

“उक्त सेवासँगै बिरामीले अनलाइनमार्फत उपचारको रकम भुक्तानी गर्ने तथा अनलाइनमार्फत ‘फेस टु फेस’ चिकित्सकसँग कुरा गरेर आफ्नो समस्याबारे बताउन सक्नेछन्”, उनले भने । टेलिपरामर्श सेवासँगै बिरामीलाई अस्पताल आउनजान नपर्ने हुँदा सहज हुने उनको भनाइ थियो ।

ग्राण्डी अस्पतालले पछिल्लोपटक मुलुकभर कोरोना संक्रमण सङ्क्रमण बढेसँगै ५४ शय्यामार्फत बिरामीको उपचार गरेको छ । जसमा १६ भेन्टिलेटर र १८ आइसीयू रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

उर्जामन्त्री रायमाझीमा कोरोना सक्रमण,छाउनी अस्पतालमा उपचार हुँदैं उर्जामन्त्री रायमाझीमा कोरोना सक्रमण,छाउनी अस्पतालमा उपचार हुँदैं ३ हप्ता पहिले
नयाँ प्रधानमन्त्रीमा ओली, नभए ठाकुर : महामन्त्री शेरचन नयाँ प्रधानमन्त्रीमा ओली, नभए ठाकुर : महामन्त्री शेरचन ७ दिन पहिले
निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ५१ पुग्यो निषेधाज्ञा जारी गरिएका जिल्लाको संख्या ५१ पुग्यो २ हप्ता पहिले
अस्पतालबाट डिस्चार्ज भएकै राति संक्रमितको मृत्यु अस्पतालबाट डिस्चार्ज भएकै राति संक्रमितको मृत्यु ७ दिन पहिले
सीसीएमसी बैठक : संक्रामक रोग ऐन २०२० का प्रावधानले मात्रै नपुग्ने निष्कर्ष सीसीएमसी बैठक : संक्रामक रोग ऐन २०२० का प्रावधानले मात्रै नपुग्ने निष्कर्ष २ दिन पहिले
यात्रुसँग बढी भाडा लिने यातायातका चार कर्मचारी पक्राउ यात्रुसँग बढी भाडा लिने यातायातका चार कर्मचारी पक्राउ १ हप्ता पहिले
कोरोनाबाट गण्डकीमा एकैदिन ११ जनाको मृत्यु कोरोनाबाट गण्डकीमा एकैदिन ११ जनाको मृत्यु १ हप्ता पहिले
अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकारलाई स्वास्थ्य सामग्री अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा पत्रकारलाई स्वास्थ्य सामग्री २ हप्ता पहिले