शनिबार , जेठ १, २०७८

सप्तरीमा कोरोनाबाट शिक्षकको मृत्यु

सप्तरीमा कोरोनाबाट शिक्षकको मृत्यु

२१ वैशाख,धरान । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको मृत्यु भएको छ । उनको आज बिहान सवा पाँच बजे मृत्यु भएको हो ।

सप्तकोशी नगरपालिकस्थित राष्ट्रिय माविमा अध्यापनरत ति ४५ वर्षीय शिक्षकलाई यही १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी उच्च रक्तचापबाट पीडित भएको प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलले जानकारी दिए । वैशाख महिनाको हालसम्ममा प्रतिष्ठानमा १० जनाको ज्यान गइसकेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय