स्याङ्जामा वैशाख ३१ गतेसम्म निषेधाज्ञा
नेपालबहस संवाददाता
बैशाख २१, २०७८ मंगलबार १८:३८:३२
२१ बैशाख, स्याङ्जा । स्याङ्जा जिल्लामा २ सय १२ कोरोना संक्रमण पुगेपछि ३१ गते सम्मका लागि निषेधाज्ञ जारी गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक आदेश जारी गर्दै बैशाख २१ गते बिहान ६ बजेदेखि लागु हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।
नेपाल सरकारले तराईका जिल्लामा ५ सय र पहाडी र हिमाली जिल्लामा २ सय संक्रमितको संख्या पुगेपछि जिल्लालाई लकडाउन वा निषेधाज्ञ गर्ने निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बैशाख २१ गते देखि ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जारी गरेको आदेशमा भनिएको छ, अत्याआवश्यक सेवा बाहेक सबै बन्द हुनेछन् । निषेधाज्ञामा औषधी उपचार तथा आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र अनावश्यक हिडडुल गर्न रोक लगाइएको छ ।
सिद्धार्थ राजमार्गमा भने आवागमन बन्द नगरिएको तर जिल्लाभर यात्रु झार्ने र ओराल्न भने नपाईने आदेशमा उल्लेख गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पहिलो र दोस्रो लहरको कोरोनाबाट अहिलेसम्म १ हजार ३३ जना कोरानाबाट संक्रमित छन् ।
ती मध्ये ८ सय २१ जना निको भएको र २ सय ४० जना सक्रिय संक्रमित रहेको पनि स्वास्थ्य कार्यालयले जनाएको छ । स्याङ्जामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । यस भन्दा अगाडी तिन पालिका वालिङ, गल्याङ् र चापाकोटले बैशाख २५ गते सम्म स्वास्थ्य संकट घोषणा गरी अत्यआवश्यक बाहेक सबै बन्द गर्न आब्ह्रान गरेका थिए ।
जिल्लामा नेपाल सरकारले तोके बमोजिमको कोरोना संक्रमितको संख्या २ सय नाघेकाले जिल्लाभर निषेधाज्ञ जारी प्रजिअ नेपालले बताए । ११ पालिका मध्ये सबैभन्दा बढी कोरोना भेरियन्टले वालिङलाई समस्यामा पारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार