मंगलबार , जेठ ४, २०७८

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु

२१ वैशाख,राँझा । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत थप चार कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिला, धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७० वर्षीय पुरुषको गए राति ११ः४० र बर्दगोरिया गाउँपालिका–६ कैलाली निवासी ८० वर्षीय पुरुषको ११ः५० बजे १० मिनेटको अन्तरमा मृत्यु भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसैगरी धनगढी उपमहानगरपालिका–१८ निवासी ५५ वर्षीय पुरुषको आज बिहान ४ः३० बजे र बैजनाथ गाउँपालिका–५ निवासी ५२ वर्षीया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको हो । योसँगै भाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बाँकेमा १४१ पुगेको । बाहिरी जिल्लाबाट उपचारका क्रममा आएर यहाँ मृत्यु हुनेको सङ्ख्या १२५ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय