मंगलबार , जेठ ४, २०७८

स्वास्थ्य मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने

स्वास्थ्य मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने

२१ वैशाख,काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अर्को हप्ता चीनबाट ती सिलिन्डर आउने जानकारी दिए ।

उनले मुलुकमा अक्सिजनको अभाव नभए पनि सिलिन्डर नहुँदा समस्या परेको बताए । “हामीसँग अक्सिजन ग्यासको कमी छैन”, उनले भने, “तर सिलिन्डर नहुँदा बिरामीका लागि अक्सिजन पु¥याउन कठिन भएको हो ।” मन्त्रालयले प्राणवायु ९अक्सिजन०को सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मन्त्रालयले अस्पताल र सर्वसाधारणलाई खाली सिलिन्डर मौज्दात ९होल्ड० नराख्न अनुरोध गरेको छ । नेपालमा अहिले देशभरका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । ती अस्पतालबाट दैनिक दुई हजार ५४९ सिलिन्डर भर्नसक्ने क्षमता रहेको मन्त्रालयले जनाएको छ । केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत जडान गरिएको छ । अस्पतालसँग छ हजारभन्दा बढी र अक्सिजन बिक्रेताले दैनिक आठ हजार सिलिन्डर भर्न सक्ने क्षमता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रहरीको सक्रियतामा पछिल्लो २४ घण्टामा १ सय ६१ वटा अक्सिजन सिलिन्डर संकलन प्रहरीको सक्रियतामा पछिल्लो २४ घण्टामा १ सय ६१ वटा अक्सिजन सिलिन्डर संकलन १६ घण्टा पहिले
लाभांश पारित गर्न लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? लाभांश पारित गर्न लुम्बिनी जनरल इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? २० घण्टा पहिले
महिला भन्छन्,रोजगारी गुम्यो भान्सामा के पकाउने ? महिला भन्छन्,रोजगारी गुम्यो भान्सामा के पकाउने ? २४ घण्टा पहिले
बंगलादेशबाट आज ३२ हजार रेम्डेसिभिर नेपाल आइपुग्ने बंगलादेशबाट आज ३२ हजार रेम्डेसिभिर नेपाल आइपुग्ने ७ दिन पहिले
उच्च शेयरमूल्य भएको राष्ट्रिय बीमा कम्पनीको मुनाफा ४९ प्रतिशतले घट्यो उच्च शेयरमूल्य भएको राष्ट्रिय बीमा कम्पनीको मुनाफा ४९ प्रतिशतले घट्यो ४ दिन पहिले
११ वर्षीया बालिकाको हत्या र बलात्कारमा संलग्न सार्वजनिक ११ वर्षीया बालिकाको हत्या र बलात्कारमा संलग्न सार्वजनिक ७ दिन पहिले
प्राविधिक समस्याले सेवा अबरुद्ध भएकोमा रिचार्जरको क्षमा याचना प्राविधिक समस्याले सेवा अबरुद्ध भएकोमा रिचार्जरको क्षमा याचना ४ दिन पहिले
६० प्रतिशतले घट्यो दुग्ध पदार्थको खपत ६० प्रतिशतले घट्यो दुग्ध पदार्थको खपत २ दिन पहिले