नेपाल सर्ट फिल्म अवार्ड सम्पन्न, सरोज खनाल उत्कृष्ट निर्देशक
नेपालबहस संवाददाता
बैशाख २१, २०७८ मंगलबार २१:३४:४०
२१ बैशाख, काठमाडौं । नेपाल सर्ट फिल्म अवार्ड २०७७ मा अभिनेता सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।
यो अवार्डका १९ वटा सर्ट फिल्म सहभागी थिए । जसमध्ये ८ वटा सर्ट फिल्म अवार्डमा चयन भएको कार्यक्रम निर्देशक एवं नेपाल चलचित्र संयोजक समाजका उपाध्यक्ष राजु अधिकारीले बताएका छन् ।
अभिनेता सरोज खनालले पहिलोपटक निर्देशनमै यो अवार्ड जितेका छन् । यस्तै प्रतियोगितामा उत्कृष्ट सर्ट फिल्मको अवार्ड तेजेन्द्रप्रसाद कँडेल निर्देशित देशमाथिले जितेको छ ।
स्टार वान इन्टरनेटमेन्ट र विलक्षण क्रियनसले आयोजना गरेको नेपाल सर्ट फिल्म प्रतियोगितामा सर्वोत्कृष्ट कथाको अवार्ड आरती अधिकारी आचार्यले चलचित्र लकडाउनबाट, सर्वोत्कृष्ट कथा (डायस्पोरा)बाट पुरु राईले चलचित्र सहाराबाट, सर्वोत्कृष्ट खल पात्रको अवार्ड कलाकार तुलसीप्रसाद श्रेष्ठले चलचित्र नसाबाट, सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड अभिनेता शेखर खनालले चलचित्र धूर्त काजीबाट हासिल गरेका छन् । यस्तै सर्वोत्कृष्ट नवनायकको अवार्ड सुरज पोखरेलले चलचित्र हाम्रो नाताबाट, सर्वोत्कृष्ट नायकको अवार्ड अभिनेता धु्रवदत्तले चलचित्र सहाराबाट, सर्वोत्कृष्ट नवनिर्देशकको अवार्ड निर्देशक आशुतोष अधिकारीले चलचित्र हाम्रो नाताबाट हासिल गरे ।
अवार्ड समारोहमा निर्देशकतर्फको जुरी अवार्ड केडी प्रशितलाई चलचित्र मेरो भगवानबाट प्रदान गरियो । यस्तै सर्ट फिल्म निर्देशकको इनकरेजमेन्ट अवार्ड अमीर बरालले चलचित्र ज्यान जाने पिरिमबाट प्राप्त गरे ।
अवार्ड विजेतालाई पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्री, अभिनेता रविन्द्र खड्का, रमेश बुढाथोकी, नवल खड्कालगायतले एक समारोहबीच अवार्ड प्रदान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाजात्राको पहिलो सातामा भव्य व्यापार, ६ करोड २४ लाखको कमाई !
चैत १६, २०८० शुक्रबार
माघ ११ गते चलचित्र ‘अञ्जिला’ रिलिज हुने
चैत १५, २०८० बिहिबार
भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार