पलले कोरोना संक्रमितलाई अक्सिजन सहयोग गर्ने
नेपालबहस संवाददाता
बैशाख २२, २०७८ बुधबार १९:४०:११
२२ बैशाख, काठमाडौं । पल शाहले कोरोना संक्रमितका लागि अक्सिजन ग्यास वितरण गर्ने भएका छन् । कोरोना संक्रमण बढेका कारण अक्सिजनका सिलिन्डर अभाव भएको खबर सुनेपछि उनले यो अभियान सुरु गर्न लागेका हुन् ।
अहिले अक्सिजनका सिलिन्डर संकलनको काम भइरहेको र केही दिनमै निःशुल्क अस्पताललाई हस्तान्तरण गर्ने उनले बताए । ‘हाम्रो टिम नेपाल’ सँगको सहकार्यमा आर्थिक अभावका कारण अस्पतालमा छट्पटाइरहेका कोरोना संक्रमितका लागि अक्सिजन सहयोग गर्न लागेको पलको भनाई छ । अक्सिजनका सिलिन्डर संकलनसँगै किन्ने योजना पनि बनाइएको उनले बताए ।
पल बुधवारबाट अक्सिजनका सिलिन्डर खोज्न आफैं फिल्डमा खटिने तयारीमा छन् । अस्पतालहरूसँग समन्वय गरेर २/३ दिनमा अक्सिजन सिलिन्डर वितरण गरिने उनको भनाई छ । उनी कोरोनाका कारण विहान बेलुका हातमुख जोर्न समस्या भएका व्यक्तिहरुलाई पनि सहयोग गर्दैछन् । केही दिनमा खाद्यन्न लिएर बागलुङको एउटा गाउँमा जाने तयारी भएको उनले बताए ।
भारतमा कोरोना संक्रमितको उपचारका लागि बलिउडका कलाकारहरुले विभिन्न अभियान चलाएका छन् । तर, नेपालमा कोरोना संक्रमण दर बढिरहेको अवस्थामा नेपाली कलाकारहरु भने सहयोगका लागि खासै अगाडि आएका छैनन् । फिल्म रिलिजको समयमा दर्शकलाई भगवानको स्थान दिने कलाकारहरु तिनै दर्शकलाई गाह्रो हुँदा मौन बस्नु दुःखद रहेको कतिपयको टिप्पणी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
सुनकोसी मरिण डाइभर्सन स् सुरुङ खन्न एक सय १० मिटर बाँकी
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार